ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सुरक्षाकोष सञ्चालमा, ठुला उद्योगको सहभागितामा आनाकानी (भिडियोसहित)


admin
मंसिर १२, २०७६ बिहीबार  १ : ३२ बजे

काठमाडौं, १२ मंसिर ।  तामझामका साथ सञ्चालनमा ल्याइएको सामाजिक सुरक्षा कोष कार्यक्रम एक वर्ष पुगेको छ । तर श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याइएता पनि रोजगादा र श्रमिकको उत्साहजक रुपमा सहभागिता देखिएन ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले एक वर्ष पुरा गरेको छ । गत मंसिर ११ गतेबाट औपचारिक सुरुवातगरी श्रावणबाट रोजगारदाता र श्रमिकको योगदान रकम सुरु गरेको हो । कोषमा हालसम्म एक लाख १५ हजार भन्दा बढि श्रमिक सहभागी भएका छन । रोजगारदाता र श्रमिकको योगदानबाट कोषमा १८ करोड भन्दा बढि रकम जम्मा समेत भएको छ । कोषमा १० हजार ४ सय भन्दा बढि रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेको समाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।

सामाजिक सुरक्षामा सहभागी हुने रोजगारदाताले कामदारको दुर्घटना, औषधि उपचार जस्ता पेन्सनको समेत व्यवस्था गर्नुपर्छ । उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषमा रोजगारदाता सहभागिता अनिवार्य रहेको भन्दै केही भाग्न नपाउने बताए ।कोषमा सहगाथी श्रमिकले आफनो तर्फबाट न्यूनतम पारिश्रमिकको ११ र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्ने गरि व्यवस्था मिलाईको छ । श्रम रोजगार तथा सुरक्षा मन्त्री रामेश्वर राय यादवले कोषको सफल कार्यान्वयनबाट श्रमिक माथि सम्मानको भावना बढ्ने र स्वदेशमै रोजगारीको वातवरण सृजना गर्न मदत पुग्ने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आवद्धता निराशाजनक रहेको बताएबका छन । सामाजिक सुरक्षा कोष रोजगारदाता, सरकार र ट्रेड युनियनबीचमै सहमतिमा ल्याइएको भएको पनि ३ पटक म्याद थप गर्दा समेत रोजगादाता नै कोषमा जानु भन्दा श्रमिक कटौती अपनाएका कारण समस्या जस्ताको त्यस्तै छ । रोगगारदाताहरु भने कोषले समाजिक सुरक्षाबारे बुझाउन समय लागेको कारणले सुचिकरणमा कमि आएको तर्क गरेका छन । कोषको निति तथा योजनामा अझै पनि केही अस्ष्टताको कारण कोषको कार्यविधीमा थप परिमार्जन आवश्यक रहेको बताएका छन ।

कोषले अहिले योगदानकर्ता श्रमिकहरूलाई औषधि उपचार तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाजस्ता सुविधा ल्याएपनि रोजगारदाताहरू कोषमा सहभागीमा इच्छुक नदेखिएकै कारण उत्साहजकक सहभागिता हुन सकेको छैन । त्यसैले उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई कोष ल्याउनका लागि अहिलेसम्म आएको समस्यालाई सामाधान गरी अगाडी बढ्नु पर्ने देखिएको छ । श्रमिक र उद्यागी दुबैले सामाजिक सुरक्षाको अनुभूति हुने गरी कार्यान्ययनमा अघि बढ्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com