ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालकै भएको थप प्रमाण भेटिंदै(भिडियोसहित)


admin

 

काठमाडौं, १२ मंसिर ।  नागरिक समाजका अगुवा तथा सिमा विज्ञहरुले सुगौली सन्धीको आधारमा नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी देश तथा विदेशमा वितरण गर्न सरकारलाई सुझाव दिएका छन् । सबैखाले प्रमाणको आधारमा उक्त क्षेत्र नेपालको भएकोले प्रमाण पेश गरी छिटोभन्दा छिटो नेपाली भुमि फिर्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

नेपालको उत्तरपश्चिम सीमा क्षेत्र लिम्पियाधुरा देखि कालापानी र लिपुलेक क्षेत्रलाई भारत सरकारले आफ्नो भुमि बनाई नयां नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको तिव्र रुपमा विरोध भइरहेको छ । नेपालमा हुने अधिकांश सभा, समारोह र छलफलहरु सीमासँगै केन्द्रीत भैरहेका छन् । लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्र नेपालकै हो भन्नेमा एकपछि अर्को प्रमाण जुट्ने क्रम पनि बढ्दो छ । सरकारले भारतीय नक्सा सार्वजनिक हुनासाथ परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति निकालेर एकलौटी जारी गरिएको नक्सा मान्य नहुने बताइसकेको छ । लगत्तै प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालकै रहेको र नेपाली भुमि भारतले अतिक्रमण गर्नु नहुने साझा निष्कर्ष निकालेको छ । नेपालको इतिहासमै साझा राजनीतिक सहमती भएको यो पहिलो घटना हो । प्रधानमन्त्री केपी शर्मा ओलीले त सिमाबाट भारतिय सुरक्षा फौज हटाउने समेत सार्वजनिक कार्यक्रमबाटै प्रतिवद्धता जनाएका छन् ।

सरकारले सार्वजनिक मञ्चबाट बारम्बार प्रतिबद्धता जनाएपनि जनस्तरबाट भने सरकारको कामको प्रभावकारीता हुने नहुनेमा आशंका छ । जनताहरु चासोसाथ यस विषयलाई हेरिरहेका छन् र सरोकारवालाहरु सरकारलाई आवश्यक परे साथ दिने भन्दै झक्झकाई रहेका छन् । नागरिक समाजका अगुवा, प्रतिष्ठित व्यक्तित्व र विषय विज्ञहरु एक अभियान नै बनाई सरकारलाई दबाब दिएका छन् । उनीहरुले बुधबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई भेटेर सिमा विवाद समाधान गर्न आग्रह गरेका छन् । प्रमाण नेपालको पक्षमा रहेकोले जनता तातेको बेला सरकारले चासो साथ काम सफल गर्न लाग्नुपर्ने सुझाव अभियान्ताले दिएका छन् ।

उनीहरुले सरकारले सुगौली सन्धीको आधारमा यथाशिघ्र लिम्पियाधुरासम्म रहेको नेपालको नक्सा सार्वजनिक गरी देश विदेशमा वितरण गर्न सुझाव दिएका छन् । भारतले प्रकाशित गरेको नक्सालाई औपचारिक रुपमा विरोध गरी उक्त क्षेत्रमा बसिरहेका भारतिय सेनालाई हटाउन पत्र लेख्न समेत नागरिक अगुवाहरुको माग गरेका छन् । लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रष्ट देखिने गरी नेपाली सुरक्षा चौकी स्थापना गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

नागरिक अगुवाहरुले भारतसँग वार्ता गर्न सर्वपक्षिय विज्ञ टोली गठन गर्न सरकारसँग अनुरोध गरेका छन् । दशगजा क्षेत्र मिचिएको स्थानमा दशगजा क्षेत्र पुर्नस्थापना गर्न माग समेत माग गरेका छन् । नेपाल – भारत– चीन बीच वार्ता गरी त्रिदेशीय विन्दु बनाउन समेत विज्ञहरुले सुझाव दिएका छन् । पूर्व प्रधान्यायाधिश सुशिला कार्कीले सिमामा नेपाली प्रभुत्व देखाउन सक्नुपर्ने बताइन् । आफ्नो भुमिलाई आफ्नो मातहतमा ल्याउन सरकार दृढ भएर लाग्नुपर्ने उनको भनाई छ ।

अभियान्ताहरुको मागपत्र बुझ्दै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार धेरै भन्दा धेरै प्रमाण जुटाउन लागेको जानकारी दिईन् । उक्त क्षेत्र नेपाली भुमी नै हो भन्ने राष्ट्रिय सहमती जुटिसकेको अवस्था र प्रधानमन्त्रीले पनि भारतीय पक्षलाई सिमाबाट हट्न सार्वजनिक रुपले भनिसकेको अवस्थामा सरकार यस विषयमा तयारीसाथ काम गरिरहेको बताइन् । सरकारले कुटनीतिक रुपमा भित्रभित्रै काम गरिरहेको उनको भनाई छ । विज्ञहरुले लिम्पियाधुरासम्म क्षेत्र देखिने गरी नक्सा तयार गरी संविधानमा समावेश गर्नुपर्ने बताएका छन् भने राष्ट्रिय चिन्हमा भएको नेपालको नक्सा सच्याउन पनि सुझाव दिएका छन् । सरकारको कदम त सकारात्मक छ तर त्यसले प्रतिफल कति पाइन्छ भन्ने चाहिँ मुख्य कुरा हो । देशभरका जनता र सबै पक्ष एकै भएको बेला सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई प्रशासनिक र भौतिक रुपले आफ्नो बनाउने परिणाममुखी काम देखाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com