ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालकै भएको थप प्रमाण भेटिंदै(भिडियोसहित)


admin
मंसिर १२, २०७६ बिहीबार  १ : २३ बजे

 

काठमाडौं, १२ मंसिर ।  नागरिक समाजका अगुवा तथा सिमा विज्ञहरुले सुगौली सन्धीको आधारमा नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी देश तथा विदेशमा वितरण गर्न सरकारलाई सुझाव दिएका छन् । सबैखाले प्रमाणको आधारमा उक्त क्षेत्र नेपालको भएकोले प्रमाण पेश गरी छिटोभन्दा छिटो नेपाली भुमि फिर्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

नेपालको उत्तरपश्चिम सीमा क्षेत्र लिम्पियाधुरा देखि कालापानी र लिपुलेक क्षेत्रलाई भारत सरकारले आफ्नो भुमि बनाई नयां नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको तिव्र रुपमा विरोध भइरहेको छ । नेपालमा हुने अधिकांश सभा, समारोह र छलफलहरु सीमासँगै केन्द्रीत भैरहेका छन् । लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्र नेपालकै हो भन्नेमा एकपछि अर्को प्रमाण जुट्ने क्रम पनि बढ्दो छ । सरकारले भारतीय नक्सा सार्वजनिक हुनासाथ परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति निकालेर एकलौटी जारी गरिएको नक्सा मान्य नहुने बताइसकेको छ । लगत्तै प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालकै रहेको र नेपाली भुमि भारतले अतिक्रमण गर्नु नहुने साझा निष्कर्ष निकालेको छ । नेपालको इतिहासमै साझा राजनीतिक सहमती भएको यो पहिलो घटना हो । प्रधानमन्त्री केपी शर्मा ओलीले त सिमाबाट भारतिय सुरक्षा फौज हटाउने समेत सार्वजनिक कार्यक्रमबाटै प्रतिवद्धता जनाएका छन् ।

सरकारले सार्वजनिक मञ्चबाट बारम्बार प्रतिबद्धता जनाएपनि जनस्तरबाट भने सरकारको कामको प्रभावकारीता हुने नहुनेमा आशंका छ । जनताहरु चासोसाथ यस विषयलाई हेरिरहेका छन् र सरोकारवालाहरु सरकारलाई आवश्यक परे साथ दिने भन्दै झक्झकाई रहेका छन् । नागरिक समाजका अगुवा, प्रतिष्ठित व्यक्तित्व र विषय विज्ञहरु एक अभियान नै बनाई सरकारलाई दबाब दिएका छन् । उनीहरुले बुधबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई भेटेर सिमा विवाद समाधान गर्न आग्रह गरेका छन् । प्रमाण नेपालको पक्षमा रहेकोले जनता तातेको बेला सरकारले चासो साथ काम सफल गर्न लाग्नुपर्ने सुझाव अभियान्ताले दिएका छन् ।

उनीहरुले सरकारले सुगौली सन्धीको आधारमा यथाशिघ्र लिम्पियाधुरासम्म रहेको नेपालको नक्सा सार्वजनिक गरी देश विदेशमा वितरण गर्न सुझाव दिएका छन् । भारतले प्रकाशित गरेको नक्सालाई औपचारिक रुपमा विरोध गरी उक्त क्षेत्रमा बसिरहेका भारतिय सेनालाई हटाउन पत्र लेख्न समेत नागरिक अगुवाहरुको माग गरेका छन् । लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रष्ट देखिने गरी नेपाली सुरक्षा चौकी स्थापना गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

नागरिक अगुवाहरुले भारतसँग वार्ता गर्न सर्वपक्षिय विज्ञ टोली गठन गर्न सरकारसँग अनुरोध गरेका छन् । दशगजा क्षेत्र मिचिएको स्थानमा दशगजा क्षेत्र पुर्नस्थापना गर्न माग समेत माग गरेका छन् । नेपाल – भारत– चीन बीच वार्ता गरी त्रिदेशीय विन्दु बनाउन समेत विज्ञहरुले सुझाव दिएका छन् । पूर्व प्रधान्यायाधिश सुशिला कार्कीले सिमामा नेपाली प्रभुत्व देखाउन सक्नुपर्ने बताइन् । आफ्नो भुमिलाई आफ्नो मातहतमा ल्याउन सरकार दृढ भएर लाग्नुपर्ने उनको भनाई छ ।

अभियान्ताहरुको मागपत्र बुझ्दै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार धेरै भन्दा धेरै प्रमाण जुटाउन लागेको जानकारी दिईन् । उक्त क्षेत्र नेपाली भुमी नै हो भन्ने राष्ट्रिय सहमती जुटिसकेको अवस्था र प्रधानमन्त्रीले पनि भारतीय पक्षलाई सिमाबाट हट्न सार्वजनिक रुपले भनिसकेको अवस्थामा सरकार यस विषयमा तयारीसाथ काम गरिरहेको बताइन् । सरकारले कुटनीतिक रुपमा भित्रभित्रै काम गरिरहेको उनको भनाई छ । विज्ञहरुले लिम्पियाधुरासम्म क्षेत्र देखिने गरी नक्सा तयार गरी संविधानमा समावेश गर्नुपर्ने बताएका छन् भने राष्ट्रिय चिन्हमा भएको नेपालको नक्सा सच्याउन पनि सुझाव दिएका छन् । सरकारको कदम त सकारात्मक छ तर त्यसले प्रतिफल कति पाइन्छ भन्ने चाहिँ मुख्य कुरा हो । देशभरका जनता र सबै पक्ष एकै भएको बेला सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई प्रशासनिक र भौतिक रुपले आफ्नो बनाउने परिणाममुखी काम देखाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com