ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुर ६ उपनिर्वाचन: अध्यक्ष पदका लागि ५ जना उम्मेदवारहरु चुनावी मैदानमा(भिडियोसहित)


admin

 

बाँके,१० मंसिर । यहि मंसिर १४ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुन गइरहेको छ । उपनिर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनको तयारी समेत तिव्र रुपमा अगाडि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालय बाँके र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक कामहरु अन्तिम चरणमा पुगेको जनाएको छ ।

उपनिर्वाचनको मिति नजिकिदै जादा निर्वाचन कार्यालयले आफ्नो तयारी समेत तिव्र पारेको छ । कोहलपुर ६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । राजनितिक दलहरुले आफ्नो प्रचार प्रसारलाई अन्तिम चरणमा पु¥याइरहेको अवस्थामा निर्वाचन कार्यालयले समेत आफ्नो तयारी तिव्र पारेको हो । अहिले कार्यालयले कर्मचारी खटाउने र नया“ कर्मचारी छनौटको काम अगाडि बढाएको छ । मतदान स्थलमा खटिने कर्मचारीहरुको टुङ्गो भने केही दिनमा लाग्नेछ । जिल्ला निर्वाचन कार्यालय बा“केका प्रमुख निर्वाचन अधिकारी खुम प्रसाद सुबेदीले उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यालयले मतपेटिका, मतपत्र लगायतका निर्वाचन साम्रगीहरु सबै तयारी हालतमा राखेको जनाएको छ । उपनिर्वाचनलाई लक्षित गरेर कोहलपुरमा नै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकिएको छ । गत मंसिर पा“च गतेदेखि निर्वाचन कार्यालयले वडा नम्बर ६ मा मतदाता शिक्षा समेत दिइरहेको छ । मतदाता शिक्षाको रुपमा वडाका मतदाताहरुलाई मत हाल्ने तरिका सिकाइएको छ । मत बदर घटाउनको लागि मतदातालाई शिक्षा दिन सुरु गरिएको प्रमुख निर्वाचन अधिकारी सुबेदीले बताए । उनका अनुसार कोहलपुर ५ मा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, भने मतगणना पिपिरीमा रहेको कृषि तालिम केन्द्रमा
हुनेछ ।

उपनिर्वाचनको क्रममा कुनै घटना हुन नदिनका लागि कार्यालयले सुरक्षा निकायहरुसग समेत समन्वय गरिरहेको छ । कोहलपुर ६ को वडा अध्यक्ष पदका लागि विभिन्न राजनितिक दलका पाच जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । उपनिर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गराउनको लागि सबैले आफ्नो ठाउबाट सहयोग पु¥याउन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com