ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुर ६ उपनिर्वाचन: अध्यक्ष पदका लागि ५ जना उम्मेदवारहरु चुनावी मैदानमा(भिडियोसहित)


admin
मंसिर १०, २०७६ मंगलबार  १ : ५८ बजे

 

बाँके,१० मंसिर । यहि मंसिर १४ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुन गइरहेको छ । उपनिर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनको तयारी समेत तिव्र रुपमा अगाडि बढाइएको छ । जिल्ला निर्वाचन कार्यालय बाँके र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक कामहरु अन्तिम चरणमा पुगेको जनाएको छ ।

उपनिर्वाचनको मिति नजिकिदै जादा निर्वाचन कार्यालयले आफ्नो तयारी समेत तिव्र पारेको छ । कोहलपुर ६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ । राजनितिक दलहरुले आफ्नो प्रचार प्रसारलाई अन्तिम चरणमा पु¥याइरहेको अवस्थामा निर्वाचन कार्यालयले समेत आफ्नो तयारी तिव्र पारेको हो । अहिले कार्यालयले कर्मचारी खटाउने र नया“ कर्मचारी छनौटको काम अगाडि बढाएको छ । मतदान स्थलमा खटिने कर्मचारीहरुको टुङ्गो भने केही दिनमा लाग्नेछ । जिल्ला निर्वाचन कार्यालय बा“केका प्रमुख निर्वाचन अधिकारी खुम प्रसाद सुबेदीले उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यालयले मतपेटिका, मतपत्र लगायतका निर्वाचन साम्रगीहरु सबै तयारी हालतमा राखेको जनाएको छ । उपनिर्वाचनलाई लक्षित गरेर कोहलपुरमा नै मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइसकिएको छ । गत मंसिर पा“च गतेदेखि निर्वाचन कार्यालयले वडा नम्बर ६ मा मतदाता शिक्षा समेत दिइरहेको छ । मतदाता शिक्षाको रुपमा वडाका मतदाताहरुलाई मत हाल्ने तरिका सिकाइएको छ । मत बदर घटाउनको लागि मतदातालाई शिक्षा दिन सुरु गरिएको प्रमुख निर्वाचन अधिकारी सुबेदीले बताए । उनका अनुसार कोहलपुर ५ मा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान केन्द्र तोकिएको छ, भने मतगणना पिपिरीमा रहेको कृषि तालिम केन्द्रमा
हुनेछ ।

उपनिर्वाचनको क्रममा कुनै घटना हुन नदिनका लागि कार्यालयले सुरक्षा निकायहरुसग समेत समन्वय गरिरहेको छ । कोहलपुर ६ को वडा अध्यक्ष पदका लागि विभिन्न राजनितिक दलका पाच जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । उपनिर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गराउनको लागि सबैले आफ्नो ठाउबाट सहयोग पु¥याउन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com