ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङ प्रदेशसभा उपचुनाव : कसले मार्ला बाजी? (भिडियोसहित)


admin

दाङ,१० मंसिर । दाङको क्षेत्र नम्वर ३ अन्तर्गतको प्रदेशसभा खमा हुन गैरहेको प्रदेशसभा चुनावको माहोलले दाङलाई तताएको छ । राजनीतिक दलहरु चुनावी नतिजा हात पार्ने गरी जनताको घरघरमा पुगेका छन् । चुनाव बहिस्कार गर्ने दलहरुले मतदातालाई चुनाब बहिस्कार गर्न आग्रह गर्दैछन् । तर, चुनावमा भोट हाल्ने मतदातामा भने त्यति उत्साह देखिदैन ।

दाङमा यति बेला चुनावी महोल निकै तातिएको छ । दलका उम्मेदवारहरुले दैनिक गाउँ गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेका छन् । दाङको क्षेत्र नं ३ (ख)मा प्रदेश सभा सदस्यको लागी र घोराही उपमहानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदको लागी यहि मंसिर १४ गते हुने निर्वाचनमा हिजो आज दाङमा केन्द्रिय नेताहरु आएका चुनावी सभा गर्दै आएका छन् । तर मतदाताहरुलाई भने कागलाई बेल पाक्यो हर्ष न विषमात भने झैं भएको छ । मतदाताले विभिन्न निर्वाचन उम्मेदवारहरुलाई जिताएर पठाएको भए पनि उनीहरुले गाउँको विकास भन्दा आफ्नो विकास बढि गरेकाले आधारभूत जनतालाई उपनिर्वाचनको त्यति महत्व छैन ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेकपा, कांग्रेस, समाजबादी पार्टी, राप्रपा संयुक्त लगायतका १४ जना उम्मेदवार छन् । सबै आआफ्नो गच्छे अनुसार चुनावी मैदानमा होमिएका छन् । उम्मेदवारहरुमा भने कस्ले धेरै मत ल्याउने र जित्ने भन्ने होडबाजी चलेको छ । तर उक्त चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् ।विभिन्न पटकको चुनावमा मतादान गरेको दंगिशरण गाँउपालीका ७ का शरद पौडेलले जति पटक भोट हाल्दा पनि देशमा कुनै परिवर्तन नभएको गुनासो गर्छन् । पौडेलले चुनावको बेला जनता सामु आएर झुठा आश्वसन दिने पछि जितेपछि आफ्नै दुनो सोझाउने काम मात्र भएको बताउंछन् । चुनावमा बिभिन्न किसिमको बिकासका नारा लिएर भोट माग्न आउने र जितेर गएपछि बिकासको कुरा त परै जाओस फर्केरसम्म पनि नआउने गरेको बताउंछन् अर्का मतदाता नोखराम खड्का । ३६ बर्ष अघिदेखि देखाएको बिकासे योजना अहिलेसम्म पुरा गर्न नसकेको बताउंछन् खड्का । दंगिशरण गाँउपालीका वडा नं ५ का थकाली थारु र वडा नं ७ का झुल्प चौधरीले पनि चुनावमा जितेर गएका जुन नेता आएपनि आफुले बिकास नपाएको र झुटा आश्वासन मात्र दिने गरेको गुनासो गर्छन् ।

तर, प्रदेश सभा सदस्यका लागी उम्मेदवार बनेका नेताहरुले आफुहरुले जिते पश्चिम दाङको विकास गर्ने भन्दै आएका छन । नेकपाको तर्फबाट उम्मेदवार बनेकी विमला वलीले आफुले जिते पश्चिम दाङको विकास गर्ने र आफ्ना श्रीमानका अधुरा सपना पुरा गर्ने बताउंछिन् । यसैगरी नेपाली काग्रेसका उम्मेदवार केशबराज आचार्यले पनि पश्चिम दाङको विकास आफु लागिपर्ने वाचा गर्छन् । आफुले जिते दाङलाई प्रदेशको राजधानी बनाउन पहल गर्ने आश्वासन दिएका छन् उनले मतदातालाई ।

मतदातामा चुनावी आकर्षण कम भएपनि राजनीतिक दलका नेता कार्यकर्तामा भने चुनवाको उत्सव कायमै छ । चुनाव बहिस्कार गर्ने पार्टी पनि दाङमा क्रियाशिल छ । चुनावी माहौलकै बीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओबादीले भने उपनिर्वाचन बहिस्कार अभियान चलाएको छ । कसैको बहिस्कार कसैको चुनावी प्रचार । अधिकांश स्थानीय मतदाता भने चुनावको दिनसम्म निर्णय गर्ने मनस्थितिमा छन् । जति गालि गरेपनि आखिरमा देश चलाउन भने नेता नभै नहुने निस्कर्ष मतदाताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com