ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरीः चार तहमा काँग्रेस विजयी


admin
असार २०, २०७४ मंगलबार  ३ : १४ बजे

इटहरी, २० असार । सुनसरी जिल्लाको पछिल्लो मतगणनाको नतिजाअनुसार दुई नगरपालिका र दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।

सोअनुसार इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख र उपप्रमुखका बाजी मारेका छन् । रामधुनी नगरपालिका प्रमुखमा पनि काँग्रेसका उम्मेदवार तथा उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवारले जित्नुभएको छ । दुवै नगरपालिकाको मतगणनाको नतिजा भने सार्वजनिक हुन समय लाग्ने बताइएको छ ।

त्यसैगरी दक्षिणी क्षेत्रमा रहेको देवानगन्ज गाउँपालिकामा काँग्रेसका गफ्फार अन्सारी पाँच हजार ६५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै रिमझिमकुमारी भगत पाँच हजार ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमकै सुनितादेवी मेहताले दुई हजार ९७६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै गढी गाउँपालिकामा पनि काँग्रेसकै श्रीप्रसाद यादव पाँच हजार ५२ मत प्राप्त गरी अध्यक्षमा तथा उपप्रमुखमा राजकुमारी चौधरी चार हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका वीरनारायण चौधरीले चार हजार ६४ र लालो थरुनीले तीन हजार ६५५ मत प्राप्त गर्नुभएको छ ।

इटहरी उपमहानगरपालिकाको मतगणनाको पछिल्लो नतिजानुसार एमालेका प्रमुखका उम्मेदवार द्वारिकालाल चौधरीले ११ हजार २७४ र उपप्रमुखका उम्मेदवार लक्ष्मी गौतमले १० हजार ८०९ मत प्राप्त गरी अग्रता कायम गरिरहनुभएको छ । काँग्रेसका प्रमुख पदका उम्मेदवार रोहित प्रसार्इंले १० हजार ५७८ र उपप्रमुखका उम्मेदवार विमला ढकालले नौ हजार ९७६ मत प्राप्त गरी पच्छ्याइरहनु भएको छ । अहिले उपमहानगरपालिकाका वडा नं २, ४, ५, ६, १६ र १७ को मतगणना जारी छ ।

यता धरानमा भने वडा नं ९ को मतगणना भइरहँदा राति झरेको मतभन्दा केही मतपत्र बढी भएको भन्दै नेकपा९माओवादी केन्द्र०का प्रतिनिधिले विरोध जनाउँदै मतगणना रोकेपछि धरानमा रातिदेखि नै मतगणना स्थगन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com