ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेपाङको गुनासो : न उम्मेदवार आए, न भोट हाल्न सिकाए


admin

मलेखु, धादिङ, २३ कात्तिक ।  पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् ।

यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । तर सडकमाथि रहेको चेपाङ बस्ती भने सुनसान छ ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आएका चेपाङ अहिले कोही भोट माग्न कोही नआएको बताउँछन् । दक्षिणी धादिङको ब्रुसबाङमा ३६ घर चेपाङ समुदायको बस्ती छ ।

पृथ्वीराजमार्गको मलेखुबाट ९ घण्टाको यात्रापछि पुगिने उक्त गाउँ महाभारत पर्वतको डाँडामा पर्छ । चितवन सीमा क्षेत्रमा पर्ने ब्रुसबाङ अभावै अभावले ग्रस्त गाउँ हो । गाउँका धनी भनिएका टेकबहादुर चेपाङको घरमा आफ्नो बारीको उत्पादनले तीन महिना मात्र खान पुग्छ ।

“खानेकुरा नभएपछि सिस्नु र टाँकीको मुन्टाको भरमा जीवन चलाउनु परेको छ,” स्थानीयवासी सूर्यमाया चेपाङले भन्नुभयो ।

गाउँमा सिस्नुको बोट हुने र टाँकीको बोट हुने धनी मानिन्छ । खानेपानी दुई घण्टा टाढा गएर ल्याउनुपर्ने हुन्छ । एक पटक पनि स्वास्थ्य संस्था नगईकन सुत्केरी हुने महिलाको सङ्ख्या अत्यधिक छ । गाउँबाट पाँच घण्टा टाढा स्वास्थ्यचौकी रहेको छ ।

“स्वास्थ्य चौकी होइन झाँक्रीकहाँ गएर झारफुक गर्नुपर्ने बाध्यता छ,” स्थानीयवासी टेकबहादुर चेपाङले भन्नुभयो । चुनाव नजिकिँदै गर्दा पनि ब्रुसबाङवासीलाई चुनावबारे जानकारी नभएको उहाँ बताउनुहुन्छ ।

“चुनाव आयो भन्ने खबर रेडियोमा सुनियो । कस्तो चुनाव रु भोट हाल्न सिकाएका छैनन् । भोट माग्न समेत नेताहरु आका छैनन् । कसलाई भोटदिने भन्ने निक्र्योल भा छैन”, गाउँका अगुवा चेपाङले भन्नुभयो– “गाउँमा न उम्मेदवार आए रु न भोट हाल्न सिकाए ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com