ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरु पुस्तक पढ्न नजान्दा, पुस्तकालय बेवारिसे (भिडियोसहित)


admin
मंसिर ३, २०७६ मंगलबार  १ : ५० बजे

काठमाडौं, ३ मंसिर । संघीय सांसदको अध्ययनका लागि संसद सचिवालयमा पुस्तकालय छ । संसद सचिवालयले २० हजार पुस्तक पुस्तकालयमा राखेको छ । तर सांसदहरु पुस्तक पढ्न नजांदा पुस्तकालय बेवारिसे बनेको छ । यता सांसदहरुले विधेयकको समेत अध्ययन गर्ने गरेका छैनन् । पिजन हलमा महिनौँदेखि विधेयक थन्किने गरेका छन् । विधेयक लगेर पढ्न सांसदले चासो देखाउने गरेका छैनन् ।

संघीय संसद सचिवालयको भवन नं. २ भुईतल्ला । जहाँ, सांसदहरुको निम्ति पढ्ने व्यवस्था मिलाउन पुस्तकालयको स्थापना गरिएको छ । तर माननीय सांसदहरु पुस्तकालय पुग्दैनन् । यहांको अवस्था हेर्दा लाग्छ, कयौँ सांसदलाई त संसद पुस्तकालयबारे नै थाहा पनि छैन होला । अब, सांसदहरु पढ्न नगएपछि पुस्तकालय प्रायजसो सुनसान हुने गरेको छ । संसद सचिवालयका अनुसार पुस्तकालयमा २० हजार पुस्तक रहेको तथ्याँक छ । पुस्तकालय जसका लागि स्थापना गरिएको उनै पुस्तकालय नपुगेपछि पुस्तकालय पाठकविहीन बनेको छ ।

सांसदहरुलाई अध्ययनको लागि भन्दै संघीय संसद सचिवालयले पुस्तकालयको व्यवस्था गरिदिएको भएपनि सांसदहरु पुस्तकालयमा विरलै छिर्ने गरेका छन् । सांसदहरु अध्ययनका लागि पुस्तकालय नछिरेपछि यसको प्रभावकारीता लगभग लगभग शुन्यप्रायः जस्तो छ । कुनै कुनै भेला बैठकको बेला पारेर फाट्टफुट्ट छिर्ने गरेपनि पुस्तकालयमा सांसको उपस्थिती हुंदैन । सांसदलाई पुस्तक घरमै लगेर पढ्ने व्यवस्था छ । अन्य आगन्तुकलाई पुस्तक घरमा लगेर पढ्न दिईदैन । त्यसैले किताब अरुको हातमा पनि पर्न नपाउँदा किताब उपयोगविहिन भएर मक्कीदै गइरहेका छन् । पुस्तकालयको औचित्यमाथि नै प्रश्न खडा गर्ने बेला भईसकेको छ । कहिलेकाहीँ फुर्सदिला संसदका कर्मचारीहरु मात्र आक्कलझुक्कल पुस्तकालयमा देख्न सकिन्छ । होइन भने पार्टेशन गरेर बनाइएका चारवटा कोठाहरु रित्तो छन् । तर सांसदहरुको आ–आफ्नो तर्कहरु छन् । कतिपय सांसदले पुस्तकालय सिंहदरबारमा नभई बानेश्वर संसद भवन भइदिएको भए प्रभावकारिता हुने बताउँछन् भने कतिपयले आवश्यक पुस्तक र उचित वातावरण पुस्तकालयमा नभएकै कारण नगएको जिकिर गर्छन् । पुस्तकालयको गुणस्तरको माग समेत सांसदहरुले गरेका छन् ।

पुस्तकहरु कहाँ कुन प्रकारका राखिएको छ कर्मचारीलाई नै खोज्न हम्मेहम्मे पर्छ । फितलो व्यवस्थापन त छदैँछ, पुस्तक पनि बजारमा आएका जस्ता नयाँ नयाँ पुस्तकहरु पुस्तकालयमा भेटिदैँन । जसका लागि पुस्तकालय स्थापना गरिएको उनै सांसदहरु पुस्तकालय पुग्ने र अध्ययन संस्कृति नहुदा पुस्तकालय पुस्तकालय बन्न नसकेको हो । तर संसद सचिवालय पुस्तकालयका कर्मचारी भने सांसदहरुले खोजेको पुस्तक उपलब्ध गराउन सचिवालय सक्षम रहेको बताउँछन् । सांसदहरु जति मात्रामा आउनुपथ्र्यो त्यति नआएको बताउँछन् ।

विज्ञान र प्रविधिको युगमा प्रविधीमैत्री पुस्तकालय निर्माणमा संसद सचिवालयले जोड दिनुपर्ने हो । सचिवालय स्वयंले पुस्तकालयलाई समय सापेक्ष बनाउन सकेको छैन नै । एकातिर पुस्तकालय व्यवस्थित नहुनु अर्काेतिर सांसदहरुको पठन संस्कृति नहुनुले पुस्तकालय बेवारिसे जस्तै बनेको हो । तर सांसदहरु प्रविधिमैत्री पुस्तकालय बनाउन सके अध्ययन गर्ने संस्कारको विकास हुने दावी गर्छन् । विज्ञान र प्रविधिको युगमा पुस्तकालयमा जानै नपर्ने र घरमै बसेर आफ्नो आवश्यकता अनुरुप किताब पढ्ने गर्नाले पुस्तकालय जानु नपरेको पनि सांसदहरुको तर्क छ ।

त्यसो त सांसदहरुले समितिमा छलफल हुने, संसदमा पेश हुने र पास हुने विधेयकहरु पनि कम अध्ययन गर्ने गरेका छन् । संसदीय दलको पिजन हलमा महिनौँसम्म थन्किएर बसेको हुन्छ सांसदहरुको नाममा आएको विधेयक । उनीहरुले त्यो लांदैनन् । पढ्दैनन् । कर्मचारीले जर्बजस्ती सांसदको झोलामा हालिदिनुपर्ने स्थिती छ । समितीमा छलफल हुँदा अथवा संसदमै पेश हुँदा र सार्वजनिक कार्यक्रममै सांसदहरु विधेयकका व्यवस्थाबारे बेखबर भएको स्थिति पनि छ । सांसदको सबै विषयमा दख्खल नहुने हुँदा कम अध्ययन हुन सक्ने कुरा सांसदहरु स्वीकार्छन् । संसद सचिवालयले पुस्तकालय स्थापना गरेपनि त्यसको उपयोग गर्न नसक्नु सिंगो संसदकै लज्जाको विषय हो । पुस्तक नै नपढ्ने, विधेयक नै नपढ्ने सांसदले संसदमा उठेका सवाल जवाफ कस्तो र कसरी गर्न सक्छन् यो निकै चासोको विषय हो । यसर्थ माननीयहरुले पठन संस्कृतिको विकास गरि देश र जनताको भविष्यको मुद्दा जिम्मेवार बन्नै पर्छ । अध्ययन विनाको जनप्रतिनिधि सही नीति र कार्यक्रम बनाउन किमार्थ योग्य हुन सक्दैन यसर्थ माननीयहरुले अध्ययनको संस्कृति विकास गर्न अब लाग्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com