ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म


admin
कार्तिक २१, २०७४ मंगलबार  १२ : ४० बजे

काँकडभिट्टा, २१ कात्तिक । पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ ।

जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई हात्तीपीडित क्षेत्र’ मानिदै आए पनि पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको छ ।

पृथ्वीनगर क्षेत्र त हात्तीको क्रिडास्थलजस्तै बन्न पुगेको स्थानीयवासीको भनाइ छ । जिल्लाभरमा मृत्यु भएकामध्ये १२ जना दक्षिण झापा, ११ जना उत्तरी झापाका र एक जना माइपश्चिम क्षेत्रका छन् । पाँच वर्षका अवधिमा पृथ्वीनगर (हाल भद्रपुर) क्षेत्रका मात्रै छ जना हात्तीको आक्रमणमा मारिएका छन् । सो अवधिमा बाहुनडाँगीमा तीन जना मारिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

हात्ती आक्रमणबाट ज्यान गुमाउनेमा ज्ञानबहादुर चाम्लिङ र मंगलवीर तामाङ दवीकुमार राई पृथ्वीनगर, बजारी राजवंशी बालुबाडी, भवानीप्रसाद घिमिरे बनियानी, झुमादेवी भट्टराई शरणामति,
जयनारारायण अधिकारी गरामनी, बालमाया लिम्बू र शर्मिला लिम्बू दुर्गा कटुवाल भद्रपुर, रतिलाल मेचे हल्दिबारी, मनराज केरुङ कचनकवल,
गणेशबहादुर भुसाल र लक्ष्मीप्रसाद पौडेल बुधबारे, शुक्र कवर धाइजन, असली राई, लक्ष्मी रम्तेल र मनोहरि ढुंगेलबाहुनडाँगी, गोपीलाल विक शान्तिनगर, कृष्णमाया रानामगर बुधबारे, धनबहादुर राई शान्तिनगर, रामचन्द्र बोगटी अर्जुनधारा, डम्बरबहादुर कुँवर मेचीनगर र धनमाया कार्की दमक छन् ।

जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले भारतीय बथानसँग वर्षांैदेखि छुट्टिएर करिब १३ जंगली हात्ती दक्षिण झापाको जलथल जंगलमा बस्दै आएको बताउनुभयो । तिनै हात्ती राति चरनका लागि गाउँ पस्दा मानवीय क्षति हुने गरेको उहाँको भनाइ छ । अधिकांश रैथाने हात्ती जलथलमा बस्ने गरेको र केही निचाझोडा तथा दहीझोडातिर घुम्ने गरेको स्थानीयवासी बताउँछन् ।

दिनभरी जंगलको झाडीमा लुकेर बस्ने ती हात्ती साँझ पर्नासाथ आहारको खोजीमा पाखा निस्कन्छन् र स्थानीयवासीको खेत र घरभित्र घुसेर जे भेट्यो त्यही खाइदिन्छन् । पाकेर झुलेको धान, मकै र फलफूल हात्तीले मन पराउने आहारा हुन् । जंगल छेउछाउका बासिन्दाले फलाएको बाली हात्तीका लागि आहार बन्ने गरेको छ । वर्षभरिको मेहनतको कमाइका रुपमा रहेको अन्नबाली खान आएको हात्तीलाई लखेट्दा मानिसमाथि हात्तीले आक्रमण गर्दैआएको छ । मान्छे र हात्तीबीचको यही द्वन्द्वमा कहिले हात्ती र कहिले मानिस मारिने गरेका छन् ।

हतियार छ, तालीम छैन 

वनको सुरक्षाका लागि सरकारले परिचालन गरेको सशस्त्र वन रक्षकलाई हाल जंगली हात्ती धपाउन प्रयोग गरिँदै आएको छ । गोलीगठ्ठा भए पनि हात्ती धपाउने तालीम नभएका वन रक्षकले गाउँ पसेका हात्तीलाई परम्परागत तरिकाले जंगलतिर धपाउने गरेका छन् । हात्ती गाउँ पसेको खबर आउनासाथ तत्काल सो गाउँमा जाने गरेका वन रक्षकले गाउँलेलाई जोगाउँदै हात्तीलाई जंगलतिरै फर्काउन प्रयास गर्दैआएका छन् ।

“हाम्रा वन रक्षक पुगिसकेपछि मानवीय क्षति हुने गरेको छैन”, सहायक वन अधिकृत देवेन्द्र उप्रेती भन्नुहुन्छ, “किनकि वन रक्षकले गाउँलेलाई सुरक्षित रहन सल्लाह दिन्छन् र हात्तीलाई जंगलतिरै फर्काउन भरमजदुर प्रयास गर्छन् ।” हतियार साथमा भए पनि हात्तीलाई गोली हान्ने स्वविवेकीय अधिकार भने वन रक्षकलाई दिइएको छैन । वन रक्षकले साइरन बजाएर हात्तीलाई धपाउने गर्छन् भने गाउँलेलाई हात्ती नजिक पुग्नबाट रोक्छन् । यो तरिका परम्परागत शैलीकै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com