ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा महिला उम्मेदवार ६ जना


admin

भद्रपुर, २० कात्तिक ।  अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् । प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ छजना स्वतन्त्र उम्मेदवार प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिनिधि सभातर्फ क्षेत्र नं २ मा नेकपा (एमाले)की पवित्रा निरौला (खरेल) र क्षेत्र नं ३ मा नेपाल जनता पार्टीका सुजाता ओली उम्मेदवार रहनुभएको छ । प्रदेश सभातर्फ क्षेत्र नं १ ‘ख’ मा राष्ट्रिय जनता पार्टीका रमा मेचे, क्षेत्र नं २ ‘क’ मा राष्ट्रिय जनता पार्टीका निर्मला एक्तेन, क्षेत्र नं ३ ‘ख’ मा मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङ तथा क्षेत्र नं ५ ‘क’ मा स्वतन्त्र उम्मेदवार जम्मावती तिमल्सिना उम्मेदवार रहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रनिनिधि सभातर्फ क्षेत्र नं ३ मा वीरेन्द्र सापकोटा, क्षेत्र नं ४ मा एज्ञबहादुर खड्का, डिल्लीप्रसाद कँट्टेल र पर्शुराम काफ्ले तथा क्षेत्र नं ५ मा इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारी रहेका छन् ।

प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार क्षेत्र नं ४ ‘ख’ मा दिनानाथ सापकोटा र धनकुमार बुढाथोकी, क्षेत्र नं ५ ‘क’ मा हरिप्रसाद अधिकारी, जम्मावती तिमल्सिना र खड्गप्रसाद शिवाकोटी तथा ‘ख’ मा डम्बरबहादुर गुरुङ रहेका प्रमुख निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिनुभयो ।

प्रनिनिधि सभातर्फ क्षेत्र नं १ मा सात जना, २ मा ११ जना, ३ मा १२ जना, ४ मा १३ जना तथा क्षेत्र नं ५ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ को क र ख मा आठ÷आठजना, क्षेत्र नं ३ को क र ख मा सात÷सातजना, क्षेत्र नं ४ को ‘क’ मा छ जना र ‘ख’ मा ११ जना तथा क्षेत्र नं ५ को ‘क’ मा १२ तथा ‘ख’ मा नौजना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com