ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेडापालन व्यवसाय संकटमा


admin

पोखरा, २० कात्तिक ।  “पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो”, अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो ।

पछिल्लो पुस्ता भेडापालनतर्फ आकर्षित हुन नसक्दा हिमाली कृषि परम्पराको महत्वपूर्ण पाटोका रुपमा रहेको यो व्यवसाय संकटमा पर्दै गएको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रमा एक दशकअघिसम्म भेडी गोठ पर्याप्त संख्यामा रहेकामा अहिले जम्मा दुईवटा गोठ मात्र छन् । हिमाली कृषि परम्परालाई बचाऊनकै लागि अध्यक्ष गुरुङले अन्नपूर्ण आधार शिविर नजिकै एउटा भेडी गोठ राख्नुभएको छ । एउटा भेडी गोठमा करिब ५०० वटा भेडा रहेका छन् ।

विगतमा जस्तो भेडाको ऊन निकालेर राडी तथा काम्लो बनाऊन छोडिएका कारण यो व्यवसाय संकटमा पर्दै गएको गुरुङ बताउनुहुन्छ । “भेडा पाल्नेले एक वर्षमा दुई पटक ऊन काट्नु पर्छ”, उहाँले भन्नुभयो, “राडी तथा पाखी बनाउने जनशक्ति अभावका साथै बजारमा आएका सस्तो सिरक डसनाका कारण भेडाको ऊनबाट बन्ने सामानको लागत बढी पर्ने गरेको छ ।”

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथमको आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

समुद्री सतहदेखि चार हजार १३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा विगतमा पदयात्रामा आउने पर्यटकलाई तिनै भेडी गोठमा बस्ने खाने व्यवस्था गरिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा २०४३ सालपछि होटल बन्न थाले पनि त्यसअघि तिनै भेडी गोठले पर्यटकलाई जसोतसो होटल तथा लजका रुपमा सेवा दिएको स्थानीयवासी बताउँछन् ।

यहाँका भेडी गोठसँग अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने पूजनीयम् वराहको प्रत्यक्ष सम्बन्ध रहेको अर्का स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङले बताउनुभयो ।

भेडी गोठ लैजाँदा अनिवार्यरुपमा पूजनीयम् वराहको पूजा गर्नु पर्ने यस क्षेत्रको प्राचीन प्रचलन रहेको छ । उहाँका अनुसार पूजनीयम् वराहको शक्तिका कारण यस मन्दिर वरपर भेडाले आवाज ननिकाल्ने जनविश्वास अहिले पनि कायमै छ ।
हिमाली कृषि परम्परा र यहाँको संस्कृतिमा महत्वपूर्ण पक्षका रुपमा रहेको भेडापालन व्यवसायलाई बचाउनु आवश्यक भएको र यसका लागि राज्यले चासो लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com