ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुंगानाको उम्मेदवारीले भक्तपुर २ चर्चामा


admin
कार्तिक २०, २०७४ सोमबार   ९ : २३   बजे

काठमाडौँ, २० कात्तिक । नेपाली काँग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाए पछि सो क्षेत्र अहिले चर्चामा रहेको छ ।

भक्तपुरवासीले उहाँको मनोनयनलाई जिल्लाको प्रतिष्ठाका रुपमा लिएका छन् । प्रतिनिधिसभाका पूर्व सदस्य रामेश्वर ढुंगेल, लेखनाथ न्यौपाने, काँग्रेसका पार्टी जिल्ला सभापति दुर्लभ थापा, पूर्वनगरप्रमुख मदन कृष्ण श्रेष्ठले उहाँको उम्मेदवारीबाट भक्तपुर जिल्लाको प्रतिष्ठा बढेको बताउनुभयो ।

ढुंगानाले मनोनयनपश्चात् काँग्रेसका पुराना नेता एवं कार्यकर्तासँग भेटघाट गर्न थाल्नुभएको छ । उहाँ आफू भक्तपुरवासी भएको दाबी गर्नुहुन्छ ।

सरकार माओवादीबीचको पहिलो वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका काँग्रेस नेता ढुंगानासँग सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । मानवअधिकार क्षेत्रमा समेत परिचित नेता ढुंगानाले मनोनयन गरेपछि अन्तर्राष्ट्रिय छविसमेत बनाइसकेको राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवार पाउनु भक्तपुरवासीले गौरवको विषय बनाएका छन् ।

प्रजातन्त्रमा पूर्ण विश्वास राख्ने नेता ढुंगानाले स्थानीय समाजसेवी, पुराना कार्यकर्तासँगको भेटपश्चात् आयोजित छलफलमा आफू विधिको शासनमा विश्वास राख्ने बताउनुभयो ।

उहाँले नेतालाई झूठो नबोल्न र जनतालाई झूठो आश्वासन नदिनसमेत आग्रह गर्नुभयो ।
पहिलो प्रतिनिधिसभा निर्वाचन २०४८ मा काठमाडौँबाट निर्वाचित भई सभामुख रहनुभएका ढुंगानाले २०५१ को निर्वाचनमा पराजय व्यहोर्नुपरेको थियो ।

भक्तपुर २ नं क्षेत्रमा ढुंगानाले वामगठबन्धनका उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । बस्नेत पूर्वउद्योगमन्त्री हुन् । नेपाली काँग्रेसले सो क्षेत्रको प्रदेशसभा निर्वाचनमा युवा नेताद्वय प्रदेश सभामा १ मा अंगत खड्का र २ मा गणेशमान चक्रधरलाई मनोनयन गरेको छ ।
त्यसैगरी एमालेले प्रदेश सभामा १ मा शशिजंग थापा र २ मा राजेन्द्रमान श्रेष्ठलाई मनोनयन गरेको छ भने नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा सदस्यमा प्रेम सुवाललाई र प्रदेशसभा सदस्य १ मा सरोजराज गोसाईं र २ मा प्रेमजन थापालाई मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group