ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी र दक्षिणी क्षेत्रमा नमस्ते तथा स्काइ मोबाइल अवरुद्ध


admin

खोटाङ, १९ कात्तिक ।  उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ ।

दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका हजारौंँ सेवाग्राही मारमा परेका छन् । दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीस्थित होङ पोखरीमा रहेको रिपिटर टावरमा जडान गरिएको ब्याट्री बिग्रिएपछि मोबाइल सेवा अवरुद्ध भएको हो ।

ब्याट्री बिग्रिएपछि मोबाइलले काम नगर्दा दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, इन्द्रणीपोखरी, बाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङ बजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देवीस्थान, पौवाशेरा, फाक्टाङ, बाराहपोखरी, सुन्तलेलगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही भूभागका सेवाग्राही कर्मामा परेका छन् ।

यस्तै उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिका–१ स्थित फेदीमा सञ्चालित रिपिटर टावरमा विद्युत् अभावका कारण ब्याट्री चार्ज नहुँदा मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमले दुई वर्षअघि फेदीमा सञ्चालनमा ल्याएको ९०० मेगाहर्जको एसडिआर जिएसएम बिटिएसले काम गर्न छाडेपछि पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डेलगायतका सेवाग्राही डेढ दुई घण्टा पैदल यात्रा गरेर टावर टिप्ने ठाउँमा जाने गरेका छन् ।

दुवै क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको लामो समय बितिसक्दा पनि टेलिकमले चासो नदिएको सेवाग्राहीको आरोप छ । मोबाइल सेवा अवरोधले आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका गतिविधि संकलनमा समेत असर पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । “जिल्लाका सबै क्षेत्रमा सञ्चार सेवा उपलब्ध छैन ”, उहाँले भन्नुभयो, “कुन ठाउँमा के भइरहेको हुन्छ, पछि आएर मात्र थाहा हुन्छ ।”

जिल्लावासीको समस्यालाई बेवास्ता गर्दै टेलिकमका प्रमुख ज्योति चौधरी घर बिदामा बसेको लामो समय भएको स्रोतले जनाएको छ । अवरुद्ध मोबाइल सेवा तत्काल सञ्चालनमा ल्याउन पटक पटक ताकेता गरिएको प्रजिअ एकदेव अधिकारीले जानकारी दिनुभयो ।
दक्षिणी क्षेत्रमा सञ्चालित मोबाइल सेवा गत वर्ष पनि पटक पटक अवरुद्ध हुने गरेको थियो । उत्तरी क्षेत्रको फेदीमा सञ्चालित टावरमा भने यस वर्षदेखि सौर्य प्रणालीले काम छाडेकाले मोबाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com