काठमाडौं, २४ असोज । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौं आउंदै गरेको बस इन्द्रावती गाउंपालिकाको भोटसिपामा दुर्घटना हुंदा आठ जनाको मृत्यु भएको छ ।
इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नंको बस आज बिहान दुर्घटना हुदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकबाट २०० मिटर तल खस्दा कम्तीमा ५० जना घाइते भएका छन् । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घटनास्थलमा उद्दारकार्य जारी रहेको छ । मृत्युहुनेमध्ये पांच जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा बस चालक काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका–९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन् । घाइतेहरुलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारमा पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्