ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौंका तीन क्षेत्रको मनोनयन जारी


admin

काठमाडाँै, १६ कात्तिक ।  आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ६, ९ र १० मा उम्मेदवारी दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ ।

ती निर्वाचन क्षेत्रमा अहिलेसम्म ठूला दल नेपाली काँग्रेस वाम गठबन्धनका नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) सहित साना दलले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

क्षेत्र नं ६ बाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र काँग्रेसबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनमोर्चाबाट अशोकविक्रम सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभाका लागि वाम गठबन्धनबाट एमालेबाट ‘क’ केशव स्थापित र ‘ख’मा योगेन्द्र संगौला तथा काँग्रेसबाट ‘क’ न्हुछेनारायण मानन्धर र ‘ख’ विष्णुभक्त तिमिल्सेना मनोनयन दर्ता गराउनुुभएको छ ।

यस्तै, प्रतिनिधि सभाका लागि क्षेत्र नं ९ बाट वाम गठबन्धनका तर्फबाट एमालेबाट कृष्णगोपाल श्रेष्ठ र काँग्रेसबाट ध्यानगोविन्द रञ्जितले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । सोही क्षेत्रको प्रदेश सभाका लागि वाम गठबन्धनबाट एमालेका ‘क’मा अजयक्रान्ति शाक्य र ‘ख’मा एमालेकै केशव पोख्रेल तथा काँग्रेसबाट ‘क’ मा इन्द्रमान तुलाधर र ‘ख’ धर्मराज गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी, १० नं निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट हितमान शाक्य र काँग्रेसबाट राजनकुमार केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँका अनुसार प्रदेश सभाका लागि वाम गठबन्धनबाट ‘क’ मा माओवादी केन्द्रबाट दिलीप महर्जन र ‘ख’मा एमालेका रमा आले तथा काँग्रेसबाट ‘क’ पुकार महर्जन र ‘ख’ धर्मानन्द श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

वाम गठबन्धनका एमाले र माओवादी केन्द्र तथा काँग्रेसका नेता तथा पार्टी कार्यकर्ता बाजागाजासहित उम्मेदवार दर्ता गराउन सम्मेलन केन्द्र पुगेका थिए ।

उम्मेदवारी दर्ता गराउन शुरुमा साना दल राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी र नेपाः राष्ट्रिय पार्टीका टोली पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com