ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख नदिन आग्रह


admin

काठमाडौँ, १५ कात्तिक ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सचिव न्यौपानेले नेपालमा रहेका हिमालको गरिमा र सुन्दरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो । “नेपालमा कसरी धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ, त्यो बारे सोचौँ,” उहाँले भन्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई धेरै अधिकार दिएको भन्दै हिमाल नवीकरण गर्नेमा मन्त्रालयले नरोक्ने बताउनुभयो ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालको साहसिक पर्यटनको विकासमा नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पर्यटकको सेवा सुविधालाई झन् व्यवस्थित बनाउन आग्रह गर्नुभयो । “मूल्यको प्रतिस्पर्धाका नाममा पर्यटकलाई दिने सुविधालाई सम्झौता गर्न हुँदैन,” उहाँले भन्नुभयो ।

संघका अध्यक्ष सन्तवीर लामाले संघले स्थापनाकालमा लिएको उद्देश्य पूरा गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा संघले हरेक वर्ष वितरण गर्ने पुरस्कार घोषणा गरेको छ । संघका संस्थापक सदस्य शम्भु तामाङको संयोजकत्वमा रहेको पुरस्कार छनोट समितिले छनोट गरेको व्यक्तिको नाम घोषणा गरेको हो ।

यस वर्षको स्वर्गीय कुमार खड्गविक्रम साहसिक पुरस्कार आठ हजार मिटरभन्दा माथिको १४ हिमाल आरोहण गरिसकेका मिङ्मा शेर्पा, स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठ र स्व दावा नर्बु पर्यटन पत्रकारिता पुरस्कार द राइजिङ नेपालका पत्रकार वल्लभमणि दाहाललाई प्रदान गर्ने भएको छ ।

स्व कुमारखड्ग विक्रम साहसिक पुरस्कार र स्व डा हर्क गुरुङ पर्वतीय पुरस्कार पाउनेलाई पदक र सम्मानपत्र तथा स्व दावानर्बु पर्यटन पत्रकारिता पुरस्कार पाउनेलाई रु २५ हजार नगदद्वारा सम्मान गरिने संघले जनाएको छ ।

पुरस्कार संघको साधारणसभाका अवसरमा प्रदान गरिने छनोट समितिका संयोजक तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, ३ लाख नजिक

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने फाइल जफतको माग गर्दै अख्तियारमा उजुरी

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com