ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीमाथिको आक्रमण होइन कम्युनिष्टहरु माथिको आक्रमण भएको बुझन आवश्यक छ


एबीसी न्यूज

उचित समय र उचित स्थान नपाएसम्म राजनीतिक व्यवस्थाले संस्थागत विकास गर्न नसक्ने रहेछ । नागरिकलाई जिम्मेवार बनाउन सानैदेखि पद्धति र प्रक्रियामा डोहो¥याउन सक्ने देशभित्र वातावरण छैन भने अराजकको झुण्डले लोकतन्त्रको मुखुण्डो लाएर सरकार र सरकारका मन्त्री माथिनै जाइलाग्ने प्रवृति देखिन्छन् ।

यस्ता गतिविधी रोक्न सरकार निरही जस्तै देखिदै छ । बहुमतको स्थायी सरकारका केहि अराजक झुण्ड संग डराएको जस्तो गर्दै छ । सरकारको विरोध गर्न लोकतन्त्रमा छुट छ तर दायित्ववोधको अनुभुति हुनु पर्छ अधिकारको नाममा कतव्य भुलेरै अराजक बन्ने झुण्डलाई सरकारले समयमै ध्यान दिन सकेको छैन ? देशमा अस्थिरताको नाममा जुठो खान पल्केकाहरु अत्तालिएका हुन् वा लोकतान्त्रिक दल भनिनेहरु सत्ता छोड्दा पीडमा बहुलाएका हुन ।

नेपाली समाजमा आफूभन्दा माथिकासँग आदर र सम्मान गर्नुपर्छ भन्ने सानैदेखि सिकाइएको हुन्छ । तर, राजनीतिक दललाई सत्ता भोग्न नपाए अवान्छित तरिका अपनाएर विपक्षले गरेका राम्रो कामको समेत विरोध गर्ने प्रबृति कस्ले सिकायो ? जस्तो हिजो मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराई माथि भएको प्रवृति के हो ? के मन्त्री एउटा हेलि चार्टर गर्न नसक्ने हुन ? तर एउटा हेली चार्टर गर्दा कति रकम खर्च हुन्छ त्यो भोली तपाई हामीले तिरको कर नै सकिने हो त्यसै मन्त्री भट्टराईले तीन हजार पैतिस सय मै भएपनि सर्वसाधारण सगै नेपालगंज देखि काठमाडौ सम्मको यात्रा गर्दा के अपराध नै गरेका हुन र देशको मन्त्रीलाई एउटा अपराधी जस्तो बनाईयो सम्वेदशील क्षेत्रमा चौतर्फी घेरा बन्दी गरी के गर्न खोजेको के शन्देश दिन खोजको ? राज्य किन निरही ? सरकारलाई निती र पद्धतिमा चल्नु पर्छ भन्ने झुण्ड उनीहरूलाई पद्धतिमा चल्नुपर्ने बाध्यता छैन । आफूप्रति राम्रो व्यवहारको चाहना राख्नेले अरूप्रति भने जालझेल र छलछाम गरेर कस्तो नैतिकता प्रदर्शन गर्ने ? भिडियो खिच्ने, लगत्तै अपलोड गर्ने , सामाजिक सञ्जालमा आज पर्यटनमन्त्रीको रामधुलाई गरियो भन्दै पोष्ट गर्ने के चाहिने अभियानताको नियत के हो ? भिजिट २०२० आउँदै गरेका बेला त्यसको नेतृत्व गर्ने पर्यटनमन्त्री माथि बिमानभित्रै भएको यस्तो हर्कत थाहा पाउने बिदेशी चाही नेपालमा सुरक्षित हुन्छन् ? के शन्देश दिन खोजिएको हो ? बिरोधका नाममा बिमान भित्रै गरिएको अराजक र उदण्ड व्यवहारलाई कानूनले के भन्छ ? यस्ता कुरा तत्काल छानविन गरिनु पर्छ ।

लामो समय सत्ता बाहिर बस्ने अनुभव नभएको नेपाली कँंग्रेस पाँच वर्षसम्म बाहिर बस्नु पर्ने कुराले प्रसवपीडामा रहेको सहज बुझ्न सकिन्छ । राजनीतिक सक्रमणमा धमिलो पानीमा माछा मार्न पल्केकाहरु, नौ–नौ महिनामा सरकार बनाउने र ढलाउने खेल खेलिरहेका खेलाडीहरु, यसबाट आनन्द लिनेहरु तथा यसबाट प्रशस्तै लाभमा पदहरु हासिल गरेकाहरुकोे छटपटी देखिन्छ । सरकारलाई कसरी बदनाम गर्न सकिन्छ भनेर एउटा पंक्ति हात धोएर लागेको छ । यसका लागि स–सानो छिद्र पाउनासाथ सरकारलाई बदनाम गर्ने, कमजोर पार्ने र जनमानसमा वितृष्णा सिर्जना गर्ने तथा सरकारले गरेका कार्यको भ्रमपर्ने गरी तोडमोड, उल्टोपाल्टो गरी परिभाषित गर्ने काममा एउटा झुण्ड लागि परेको छ । सरकारले राम्रा काम नगरोस नराम्रा काम गरोस् यसैमा बाजा बजाउन पाइयोस भनेर अहिले पनि त्यस्ता तत्व अर्धचेत अवस्थामा बौहुलाई रहेका छन् । यस भित्र बेग्लै स्वार्थ र उदेश्य लुकेको छ । तथाथि सरकारले पनि जनताले छिटो छिटो डेलिभरी देओस् भन्ने अपेक्षा छ, परिणाम देखाउने गरी काम गरोस् भन्ने छ ।

यसलाई सकारात्मक र माग निर्देशनका रुपमा लिनु पनि पर्दछ । जनताका तहबाट आएका गुनासा र भावनालाई भने सम्बोधन गर्न जरुरी छ । अहिले प्रधानमन्त्री ओली नेतृत्व सरकार माथि जसरी चौतर्फि घेराबन्दी र आव्रmमण गरिदैछ, त्यो सरकार माथिको घेराबन्दी र आव्रmमण होइन यो कुरा आम नेता तथा कार्यकताले बुझन आवश्यक छ ।

वाह्य रुपमा सरकार माथि आक्रमण देखिएपनि गहनरुपमा हेर्दा यो कम्युनिष्टहरु माथिको आक्रमण हो भनि बुझन कठिन नहोला । वर्तमान शासन ब्यवस्था र प्रणालीलाई असफल तुल्याई सिगोँ नेपाललाई असफल बनाउने षडयन्त्रको जाले । यो सरकार असफल हुँदा कम्युनिष्ट आन्दोलन, संघीयता, राजनीतिक परिवर्तन र गणतन्त्र धरापमा पर्छ । त्यसपछि नेपाललाई असफल राष्ट्र घोषणा गरेर संयुक्त राष्ट्र संघका नाममा शासन चलाउने र नेपाललाई कंगो, हाइटी बनाउने षडयन्त्र हुन सक्छ । सरकार चनाखो बन्न आवश्यक छ , सुखि नेपाली समृद्ध नेपालको नारा लाई सार्थक बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com