ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे सम्झौता


admin

बनियानी, झापा, १५ कात्तिक ।  झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ ।

राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्नेलगायतका सम्झौता भएको छ ।

त्यस्तै भोलि (कात्तिक १६ गते) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ताका लागि समय र कोणसभा गर्ने स्थानसमेत तोकिएको उहाँले बताउनुभयो ।

राप्रपालगायतको गठबन्धनले बिहान १० देखि ११ बजेसम्म र कोणसभा गर्ने स्थान मेची रंगशाला, राजपासहितको गठबन्धनले बिहान ११ देखि १२ः३० बजेसम्म र कोणसभा गर्ने स्थान खाद्य गोदामको मैदानमा तोकिएको छ ।

त्यस्तै, नेपाली काँग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह २ बजेसम्म र कोणसभा एसपी मोड अगाडि, एमाले–माओवादीसहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभाका लागि वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा र साना दल तथा स्वतन्त्रले समय अनुकूल मिलाएर गर्ने र कोणसभा भने नेपाल विद्युत् प्राधिकरण अगाडिको तोकिएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

आयोगले झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, क्षेत्र नं १ मा निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं ४ मा सर्वोच्चका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटाइको छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाले मनोनयन दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुद बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुद बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com