ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा– नरेन्द्र मोदी (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो अन्तरदेशिय
पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । नेपाल र भारत दुवै देशका प्रधानमन्त्री भिडियो कन्फरेन्समार्फत् एकैसाथ स्विच थिचेर पाइप लाइनको औपचारिक रुपमा उद्घाटन गरेका छन । पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात भएपछि आपुर्तिको सुनिश्चितता, ढुवानीमा खर्च र समय ठुलो बचत हुनेछ ।

दक्षिण एसियाकै पहिलो अन्तर्देशीय मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले नया“ दिल्लीस्थित हैदराबाद भवनबाट मोदीले एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गरेका हुन ।

करिब २० वर्ष पहिलेदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले लामो सयमसम्म छलफलमै सिमित बनको थियो । तर २०७३ साल चैत्र ३० गते प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबाट संयुक्त रुपमा पाइपलाइन बिछउने कार्यको शिल्यान्यास भएपछि पाइप लाइन निर्माणको कामले तिब्रता लिएको थियो । निमार्ण सूरु भएको ३० महिनामा सम्पन्न गर्ने सहमति भएपनि निर्धारित समयभन्दा १५ महिना अघि नै परियोजना सम्पन्न भएको छ । अब, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटरका दरल अमलेखगन्जस्थित डिपोमा इन्धन खसाल्न सकिने छ । पाइनलाइन उद्घाटनपछि प्रधाननन्त्री ओलीले भारतीय सहयोगबाट पेट्रोलियम पाइपलाइनका अतिरिक्त अन्य आयोजना अघि बढिरहेको भन्दै अन्य आयोजनाहरु समेत समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि नयां दिल्लीबाट सम्बोधन गर्दै दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन समय अगावै सम्पन्न भएकोमा खुसी व्यक्त गरे । मोदीले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्तिपछि मूल्य घटाउने नेपाल सरकारको योजना नेपाली जनताको हितमा रहेको बताए । उनले पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको भन्दै यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा पुगेको समेत जिकिर गरे ।

दुई देशबीचको गौरवको आयोजनाको रुपमा हेरिएको पाइपलाइनको नेपालतर्फको ३७ दशमलव ५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसंगै आपुर्तिको सुनिश्चितता, ढुवानी भाडाको बचत, समयको बचत हुने देखिन्छ । पाइपलाईनमार्फत सुरुमा डिजेलमात्र ल्याउने नेपाल आयल निगमले जनाएको छ । यो पाइपलाइन उद्घाटनसंगै परियोजना मात्र ओगट्ने तर काम नगर्ने भारतीय एबं अन्य ठेकेदारहरुलाई समयमा काम सक्नका लागि सन्देश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com