ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले विद्युतीय सार्वजनिक साधनको एसेम्ब्ली उद्योगलाई विशेष प्राथमिकता दिने (भिडियोसहित)


एबीसी न्यूज
भाद्र ११, २०७६ बुधबार  ११ : ०९ बजे

 

काठमाडौं, ११ भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सवारी साधनको सुगमताका लागि सरकारले सडक पूर्वाधार र सडक सुधारमा जोड दिईरहेको बताएका छन् । सरकारले विद्युतीय सार्वजनिक साधनको एसेम्ब्ली उद्योगलाई विशेष प्राथमिकतामा राखेको बताउदै उनले मूल्यवृद्धि र अभिवृद्धिको आधारमा यस्ता उद्योगलाई संरक्षण दिन सरकार तयार रहेको पनि जानकारी दिएका छन् ।

सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेसगै नेपाल विद्युत प्राधिकरणले पनि आगामी १५ वर्षमा पेट्रोलियम सवारी साधन हटाउन सकिने दाबी गर्दै आएको छ । विद्युतीय सवारीका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण लागिरहेको पनि छ ।

नाडा अटो शोको उदघाटन समारोहमा अर्थमन्त्री युवराज खतिवडाले पनि सरकारले विद्युतीय सार्वजनिक साधनलाई प्राथमिकतामा राखेको बताएका छन् । अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधनको एसम्बलिङ उद्योगलाई प्राथमिकताका राखेको बताउदै मूल्यवृद्धि र अभिवृद्धिको अनुपातमा यस्ता वस्तुको संरक्षण दिन सरकार तयार रहेको जानकारी दिए । उनले विद्युतीय आयातित वस्तुहरुमा संरक्षण दिने नीति अटोरिक्सा, भ्यानकार, मोटरसाईकल र जिप आदीमा पनि लागू हुने बताए ।

अर्थमन्त्री युवराज खतिवडाले जसरी वयवसायीहरुले घाटाको व्यवसाय गर्दैन, त्यसरी नै सरकारले पनि घाटाको व्यवसाय नगर्ने भन्दै एसेम्बली लाईनबाट २० प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुने वस्तु र उद्योगलाई अन्तशुल्क, भन्सार शुल्क लगायतमा छुट दिन सकिने बताए ।

सरकारले विद्युतीय र हाईब्रिड सवारीलाई प्राथमितामा राखेर भनसार शुल्क र अन्तशुल्कमा २५ – २५ प्रतिशत छुट गरेको काम सराहनिय भएको नाडा अटोका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए । तर, विद्युतीय सवारीहरुको पनि वर्गिकरण हुनुपर्ने उनको भर्नाई छ ।

स्पेयर्स पार्टमा अन्तशुल्क घटाउन नाडा अटोले माग गर्दै आएकोमा सरकारले झन् अन्यमा पनि अन्तशुल्क लगाएकोप्रति अधयक्ष दाहालले असन्तुष्ट व्यक्त गरेका छन् । साथै उनले सक्कली र गुणस्तरीय स्पेयर्स पार्टस्हरु सर्वसुलभ रुपमा उपलब्ध हुने व्यवस्था सरकारले गर्नुपर्ने माग गरे ।

कारको व्यवसायले देशको ६ प्रतिशत राजस्व संकलन गर्ने गरेको छ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भियतनामको उदाहरण दिदै भियतनाममा दुई वटा ब्राण्डको मात्रै मोटरसाईकल चल्ने गरेको तर, नेपालमा ५०० वटा भन्दा बढी ब्राण्डको सवारी साधनहरु आयात भईरहेकोप्रति विचार गर्नुपर्ने बताए । उनले आफू आयात विरोधी त नभएको तर, नेपालमा हुने आयातलाई कम गर्दै निर्याततर्फ पनि पहल हुनुपर्ने बताए । यसका लागि सरकारले पनि आवश्यक वाातवरण निर्माण गर्नुपर्ने उनको भनाई छ ।

नाडा अटो शोको उद्घाटन सममेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले व्यवसायको वातावरण पनि निराशजनक नरहेको दाबी गरे । अर्थमन्त्री खतिवडाले व्यवसायको वातावरण बिग्रएको भए, गतवर्षमा सबैभन्दा बढी कम्पनी दर्ता कसरी भयो ? आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथी कसरी भयो ? निजी क्षेत्रको २१ – २२ प्रतिशत बैंकको कर्जा कहा“ प्रवाह भयो भन्दै प्रश्न गरे । आयातको वृद्धिदर १४ प्रतिशतभन्दा कम हुदाहुदै पनि निर्यातको वृद्धिदर १९ प्रतिशतभन्दा बढी रहेको दाबी गरेका छन् ।

काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने नाडा अटो शोमा २३ वटा चारपांग्रे कम्पनीका स्टल, १९ वटा ब्रान्डका दुईपांग्रे गाडीका स्टल छन् । शोमा गाडी, पाटपूर्जा, ब्याट्री गरी ९५ कम्पनीका १६० स्टल छन् । शोको ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजक नाडाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com