ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार एकतीस वर्षदेखि जनप्रतिनिधि


admin
असार १९, २०७४ सोमबार   ६ : ३६   बजे

उर्लाबारी मोरङ, १९ असार । नेकपा एमाले का लक्ष्मीनारायण धिमाल मोरङको उर्लाबारीमा लगाताररुपमा ३१ वर्षयता जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभएको छ ।

अहिलेको स्थानीय तहको निर्वाचनमा उर्लाबारी–४ को वडाध्यक्षमा धिमाल निर्वाचित हुनुभएको छ । धिमाल २०४३ देखि भएका स्थानीय निर्वाचनमा लगातार निर्वाचित हुँदै आउनुभएको छ ।

विसं २०४३ मा तत्कालीन गाउँ पञ्चायतको जनपक्षीय सदस्यमा निर्वाचित हुनुभएका धिमाल बहुदल आएपश्चात् लगातार वडाध्यक्षमा निर्वाचित हुँदै आउनुभएको छ । विसं २०४९ र २०५४ मा तत्कालीन उर्लाबारी गाविस वडा नं १ को वडाध्यक्ष र यसपटक उर्लाबारी नगरपालिका वडा नं ४ को अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।

वडावासीबीच सरल र स्वच्छ छवि बनाउनुभएका धिमाल नगरमा आदिवासी धिमाल समुदायबीच लोकप्रिय मानिनुहुन्छ । एमालेको नीतिबाट प्रभावित भएर पञ्चायतकालदेखि नै तत्कालीन नेकपा ९माले०मार्फत वामपन्थी राजनीतिमा लाग्नुभएका धिमाल एमाले गाउँ कमिटी सदस्य, क्षेत्रीय सदस्य र मोरङ जिल्ला सदस्यसमेत भइसक्नुभएको छ ।

उहाँ निर्वाचित भएको वडामा बक्राहा, नुनसरी र तेली खोलाले दिने दुःख एवम् सुकुम्बासी समस्या, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने काममा जोड दिँदै नमुना वडा बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित गर्ने उहाँले बताउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group