ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा क्षेत्र नं ३ को विषयमा काँग्रेस र राप्रपाबीच असन्तुष्टि


admin

काठमाडौँ, १३ कात्तिक । झापा क्षेत्र नं ३ मा उम्मेदवारी दिने विषयमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच केही असन्तुष्ट देखिएको छ ।

झापा क्षेत्र नं ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले समेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिक रुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको छ ।

काँग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भए पनि पछिल्लोपटक उहाँको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित भएको हो ।

नेपाली काँगे्रसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नं ३ का पार्टी नेता तथा कार्यकर्ताले पूर्व महामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उहाँलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिनुभयो । सो क्षेत्रमा काँग्रेसले आफ्नो उम्मेदवार उठाएपछि त्यसको सट्टामा अर्को स्थानमा राप्रपालाई सघाउने नीति काँग्रेसको छ ।

अहिले मुलुकमा चुनावको वातावरण बनाएर विकास, समृद्धि कायम गर्न लोकतान्त्रिक गठबन्धनको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सो विषयलाई लिएर राप्रपाले गठबन्धनलाई असर पर्ने गरी निर्णय गर्न नहुने बताउनुभयो ।

गठबन्धनले राप्रपालाई प्रतिनिधिसभामा सात सिट दिने समझदारी गरेपछि पार्टीको झापा क्षेत्र नं ३ मा अत्याधिक सम्भावना देखिएकाले महामन्त्री लिङदेनलाई त्यहाँबाट उम्मेदवार बनाउने सहमति भएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

राप्रपाले झापा क्षेत्र नं ३ अतिरिक्त मकवानपुर १, दैलेख १, पर्सा १, काठमाडौँ ७ मा उम्मेदवारको टुंगो लगाइसकेको छ । बाँके र धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो ।

राप्रपाले सोही विषयलाई लिएर थप निर्णय लिन आज ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका वाम गठबन्धन तथा चुनावपछिको एकता कायम गर्ने सहमति भएपछि निर्माण भएको लोकतान्त्रिक गठबन्धनमा समेत चुनावमा सिट संख्यामा बाँडफाँड भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com