ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चावहिल–जोरपाटी–साखु सडक खण्ड बेहाल, सरकारको बेवास्ताका कारण सर्वसाधारणलाई सास्ती (भिडियोसहित)


एबीसी न्यूज
भाद्र ८, २०७६ आईतबार  १० : २३ बजे

काठमाडौं, ८ भदौ । करिब चार वर्ष अघिदेखि सडक विस्तारको काम सुरु भएको चावहिल–जोरपाटी–साखु सडक खण्ड बेहाल छ । निर्माण कम्पनीको ढिला सुस्ती, स्थानीयको अवरोध, मुआब्जा विवादले सडक आयोजना अधुरो भएको हो ।

निर्माण कम्पनीको चरम लापरवाही सरकारको बेवास्ताका कारण चावहिल जोरपाटी सा“खु सडक खण्ड अधुरो छ । चावहिलदेखि जोरपार्टी १२ किलोमिटर सडक बन्न वर्षाै लागेको हो । आयोजनामा भएका ढिलासुस्तीले वर्षातमा हिलाम्मे र हिउदमा धुलाम्मेको सकस स्थानियबासीले खेप्नु परेको छ ।

चावहिल–जोरपाटी–सा“खु सडकले देखाउछ काठमाडौमै सडकको अवस्था कस्तो छ भनेर । राजधानीको केन्द्रमै रहेको यस सडकखण्ड पानी परेपछि हुने हिलो, घाम लागेपछि धुलोको कारण वर्षाैदेखि स्थनीयले समस्या भोग्न परेको छ । चावहिल–जोरपाटी–साखु बनाइदेउ भन्दै राज्यसंग गुहार माग्दा समेत कसैले उनीकहरुको गुनासोका चासो लिने गरेका छैनन । स्थानीयले अधुरो आयोजनाको विषयलाई संसदसम्म पनि नपुराएको होइनन् । संसदमा पुगेपछि बेला बेलामा सडकको अनुगमन पनि हुदै आएको छ ।

सडक आयोजनाको प्रगति उन्नाइसबाट २० अझै हुन सकेन । राजधानीको सडक भएर पनि हिंड्न समेत सास्ती खोप्नु परेको गुनासोपछि प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले चावहिल, जोरपाटी , सांखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो । सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको बताईन् ।

गत वैशाख २६ गते स्थानीयले सडक तत्काल कालोपत्रे गर्नुपर्न माग राख्दै सडकमा आन्दोलन गरे । आन्दोदलनपछि १५ दिनभित्र सडक कालोपत्रे गरिसक्ने सहमति भयो । तर सहमति भएको ३ महिना बितिसक्दा पनि सडकको हालत उस्तै छ । जनप्रतिनिधिले निर्माण कम्पनीले काम गर्न अटेरी गरेको बताएका छन् । सडक अनुगमन गर्न समिति जाने सूचना पाएपछि सडकका खाल्डा पुरेर झारा टार्ने गरिएको जनप्रतिनिधिहरु बताउछन् ।

सडकको दूरावस्थाको कारण पटक पटक स्थानीय सडकमै उत्रिदा समेत निमार्ण कम्पनीले अटेरी गर्दै आएको छ । तर निर्माण कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो बिस्तारमा असहयोगकै कारण काम गर्न असहज भएको दाबी गर्छन । आफै काम नगर्ने तर जनप्रतिनिधिलाई दोष लगाएर पन्छिन खोज्छन् निर्माण कम्पनीका प्रतिनिधिहरु ।

उपत्यका सडक विस्तार आयोजनाले २०७२ असोजबाट सुरु गरेको उक्त १२ किलोमिटर सडक आयोजना ४ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । आयोजनाको सडक बिस्तारको लागि मुआव्जा बिवादकै कारण काम गर्ने समस्या परेको गुनासो छ जिम्मेवारहरुको ।

२ वर्षमा सम्पन्न गर्ने गरी १ अर्ब ७० करोडमा ठेक्का सम्झौता भएपनि सडक विस्तारको प्रगति हेर्दा उदेक लाग्दो छ । विगतमा मन्त्री, नेताले समेत अनुगमन गरिसकेकाले चावहिल–जोरपाटी–साखु सडक छिटो सम्पन्न गर्नुको कुनै विकल्प छैन । एकले अर्काेलाई दोष थोपर्नु भन्दा समस्याको पहिचान गरि आयोजना अबिलम्ब पुरा गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com