ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीकृष्ण जन्माष्टमी पर्वको महिमा यस्तो रहेछ ( भिडियोसहित)


एबीसी न्यूज
भाद्र ७, २०७६ शनिबार  १० : २५ बजे

काठमाडौं, ७ भदौ ।  प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । कृष्णअष्टमी देशभरका कृष्ण मन्दिरमा पुजा आजा गरि मनाइएको हो । कृष्णअष्टमीका दिन कृष्ण मन्दिरमा पुजा आजा गर्नाले कुसंस्कारको अन्त्य गर्दै सत्कर्मको पक्षमा लाग्न प्रेरणा मिल्ने किम्बदन्ती रहेको छ ।

भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ । शास्त्रमा वर्णन गरिएअनुसार मामा कंश लगायत दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । श्रीकृष्णा जन्माष्टमी हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउ“छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरीन्छ । यसै पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरलगायत देशैभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लाग्ने गर्छ । संस्कृतिविद् डा. सत्यमोहन जोशीले कृष्णअष्टमी एक पवित्र दिवस भएको बताएका छन् ।

ब्रह्मकुमारी संस्थामा आबद्ध ब्रह्मकुमारी बबिताले कृष्णको जस्तै गुण मानवले पनि व्यवहारमा उतार्न सकेको खण्डमा मानवहरु पनि कृष्ण बन्न सक्छन् भन्ने महत्वका साथ कृष्णअष्टमी मनाउने गरिएको बताए ।

हिन्दूहरूको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता कुरुक्षेत्रमा कौरबहरूसंगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिन स्वयं कृष्णले बोलेका उपदेश मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको जनविश्वास छ । सोहि विश्वास र आस्था भएरै पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा विहानै देखीे लाइनमा बसेर पुजा गर्न आएको भक्तजनहरु बताउछन । आफ्नो परिवारको सु–स्वास्थ्य, दिर्घायु, सुखशान्ती र प्रगतिको कामना गरेर पनि आजको दिन श्रीकृष्णको पूजाआजा गर्ने चलन छ ।

पाटनस्थितको कृष्णमन्दिरमा शुक्रबार हजारौं भक्तजनहरुको भिड लागेको थियो । आजका दिनमा मात्रै होईन पाटनको यस कृष्ण मन्दिरमा कृष्णअष्टमीको मध्यरातसम्म नै दर्शनार्थीको भीड लाग्ने गर्दछ । यो कृष्णमन्दिरमा मात्रै २० देखि ३० हजार भन्दा बढीको हाराहारीमा भक्तजनहरुको भीड लाग्ने गरेको कृष्णअष्टमी व्यवस्थापन पक्षले जानकारी दिएको छ । यसैगरी, यहा“ आएका भक्तजनहरुलाई नगरपालिका र नेपाल प्रहरी लगायत विभिन्न संघ–संस्थाको सहकार्यमा सुरक्षा, खानेपानी तथा प्राथमिक उपचारको व्यवस्थापन गरिएको मंगलबजार टोल सुधार संघका संयोजक राजु कपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com