ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन् भन्ने उदाहरणका पात्र प्रेम विक (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २, २०७६ सोमबार  १ : २० बजे

रुकुम , २ भदौ । क्षमतालाई मध्यनजर गरी आवाश्यकताको आधारमा अवसर पाएमा सामान्य व्यक्ति जस्तै अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन् भन्ने उदाहरणका पात्र हुन् प्रेम विक । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका प्रेमले शारिरीक अपांगता संगै आर्थिक विपन्नताको बीचमा पनि साथ र हौसला पाएपछि सुनौलो भविष्य कोर्दैछन् यतिबेला अध्ययन गरेर ।

चौरजहारी नगरपालिका वडा नम्वर १२ को विकट गाउ“मा जन्मिएका प्रेम वि.क जन्मजात दृष्टिविहिन व्यक्ति हुन । उमेरले २५ वर्ष पुगेका विकले जन्मजात दुवै आ“खाको ज्योति गुमाउन पुगे । प्रेमका अविभावक छोराको उपचारको लागि नेपालगञ्जदेखि भारतको कोलकत्तासम्म पुगे । तर पनि उनको उपचार संभव भएन । स्थानीय स्तरमा समेत वैद्यिक उपचार विधि अवलम्वन गरे, तर त्यो पनि संभव भएन । विकट गाउंको गरिव परिवारमा जन्मेका प्रेमका २ भाइ र २ वहिनी छन । उनकै उपचारमा भएको जायजेथा पनि सकियो । त्यो उपचारमा लागेको खर्च तिर्नको लागि प्रेमका बाबु भारत गए । आज भन्दा १७ वर्ष पहिले भारत काम गर्न गएका प्रेमका बाबु हालसम्म घर फर्किएका छैनन् । घरका परिवारका अन्य सदस्यहरुले समेत आउने आशा मारिसकेको बताउछन् घरका जेठा छोरा प्रेम दृष्टिविहिन भएपछि उनी घरको आगन वरिपरि नै सिमित भए । घरवाहिर जानका लागि पनि उनका लागि संभव थिएन । तर, २०६६ मा अपांगताको क्षेत्रमा काम गर्दै आईरहका मानव विकास तथा सामुदायिक सेवा अन्तरर्गत ललितपुरको सैवुमा अवस्थित आशा वाल विकास सेवाले रुकुम पश्चिमको चौरजहारीमा सिविआर कार्यक्रम संचालनमा ल्यायो ।

प्रेमको वारेमा जानकारी लिएर उनको चाहनाको बारेमा वुझयो । त्यो वेला प्रेमको ईच्छा पढने थियो तर, परिवारका सदस्यहरुले प्रेमले विद्यालयमा पढन नसक्ने भन्दै नपढाउने निर्णय गरेका थिए । सामुदायमा आधारित पुर्नस्थापना सेवाका सहजकर्ताको पटक पटकको परामर्श र दृष्टिविहिनहरुले पनि पढ्न सक्छन भन्ने कुराले गर्दा अन्तत ः प्रेमलाई विद्यालय पठाउने निर्णय लिए ।
सिबिआरकै पहलमा जाजरकोटको भेरी नगरपालिका ६ मा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयमा भर्ना गरियो । जुन विद्यालयमा दृष्टिविहिनहरुका लागी व्रेलल लिपिको माध्याम वाट पठनपाठ भैरहेको थियो । एउटा विकट ठाउ“ र गरिव परिवारमा दृष्टिविहिनको रुपमा जन्मलिएका प्रेम वि.क हाल उक्त विद्यालयको कक्षा १० मा अध्ययन गरीरहेका छन । छोराको पढाई देखेर आमा टिकुली वि.क छोराले केही गर्छ भन्ने आशा गर्न थालेकी छन् । कम्प्युटर मोवाईल चलाउन सक्ने देखि लिएर उनीहरुले व्रेलको माध्यामबाट पढन र लेख्नमा सक्षम वनेका छन । उनको अवको ईच्छा १२ कक्षा उतिर्ण गरेर आफुजस्तै समस्या भएका व्यक्तिहरुलाई शिक्षा प्रदान गर्ने रहेको छ ।

उक्त विद्यालयमा दृष्टिविहिन छात्र तथा छात्राहरुको संख्या वढ्दो अवस्थामा छ । विद्यालयमा अन्य स्थानीय तहमा समेत विशेष शिक्षा स्थापनाका लागि माग भैरहेको बताउ“छन् विद्यालयका प्रशिक्षक ठकेन्द्र वि.क । प्रेम एउटा गतिला उदाहरण हुन् । भौतिक शरिर अपांग भएपनि क्षमता अद्भूत भएका प्रेमले अवसर पाएपछि सुनौलो भविष्यका लागि अध्ययन गरिरहेका छन् । आर्थिक विपन्नतासंगै शारिरीक अपांगताको सामना गरिरहेका प्रेमको भविष्यका लागि सहयोगी हातहरुको योगदान पक्कै छ । यस्ता योगदानले शारिरीक तथा आर्थिक रुपले कमजोर वर्गको उत्थान गर्नमा सहयोग मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com