ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री र हाकिमले चासो नदिंदा सत्तारुढ दलकै सांसद आक्रोशित (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २३  साउन । प्रतिनिधि सभाको मंगलबारको बैठकमा जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतले आफ्नै सरकारका एकमन्त्री विरुद्ध बयान दिए । महतले दिएको वयान धेरैका लागि सामान्य बन्छ होला, तर उनले सिंगो कर्णालीको पीडा व्यक्त गरेका थिए । कर्णाली सदरमुकाम जुम्लामा २०३८ सालमा बनेको २ सय किलोवाटको वत्ती बिग्रिएका कारण जिल्ला अन्धकारमा पर्दा पनि सम्बन्धीत निकाय नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले चासो नदेखाएकोमा उनको आक्रोश पोखिएका थियो । जिल्लाको समस्या समाधानका लागि उर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङसँग पटक पटक फोन सम्पर्क गरी भेट्ने प्रयास गर्दा समेत नपाएको भन्दै उनले दुवैजनालाई उनले श्री ३ महाराजको संज्ञा दिए ।

सांसद महतले संसदमा राखेको कुरा कर्णालीको यथार्थ पीडासँग सम्बन्धित त छ नै, उज्यालो नेपाल बनाउने महाअभियान शुरु गरिएको र लोडसेडिङ मुक्त नेपाल बनाउन लागिएको भन्दै भाषण गरि हिड्ने सरकारका मन्त्री र प्राधिकरण प्रमुखका लागि पनि लज्जाको विषय हो । महतको आवाज आजको दिनसम्म केन्द्रीय प्रशारण लाइन नपुगेको जुम्ला लगायत कर्णालीका जनताको प्रतिनिधि आवाज थियो ।

यसबाट प्रष्ट छ देशमा गणतन्त्र आएपनि, संघीयतामा गएपनि अथवा जसले सरकारको नेतृत्व गरेपनि कर्णालीको विकास, निर्माण र पूर्वाधानर विकासमा सरकारको ध्यान पुग्न सकेको छैन । अथवा ध्यान पुगेपनि वेवास्ता गरिदै आएको छ । किनकी, जुम्लामा बत्ति नबलेको दुइ महिना भयो । मर्मत सम्भार गर्न सकिएको छैन । विद्युत अभावमा जनताले विभिन्न दुःख, सास्ती झेल्दै आएका छन् ।
केन्द्रीय प्रशारण लाइन हालसम्म पुग्न नसकेको जुम्लामा स–साना जलविद्युत आयोजना मार्फत विद्युत विस्तार गरिएको छ । विद्युत प्राधिकरणकै आयोजना भएपनि उपभोक्ता समिति बनाएर तिनैले विद्युत वितरण गरिरहेका छन् ।

तर सामान विग्रिदा बनाउन सक्ने अवस्थामा छैनन् उपभोक्ता समितिहरु । जसले गर्दा प्रायः जुम्लाबासि अन्धकारमै छन् । जलविद्युतमा सम्पन्न भइसकेको भन्दै सरकार भारतमा विद्युत बेच्ने धक्कु लगाइरहंदा महतले कर्णालीमा बिजुली बेच्न सकारसंग माग गर्नु लज्जाकै विषय हो । जुम्लाबासी र सिंगो कर्णालीबासिले आजसम्म सरकारको केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका छैनन् । मर्मत सम्भारका निम्ति सरकार गुहार्दा आफु मातहतको आयोजना होइन भन्दै सरकार पन्छिन खोज्छ । जनताको समस्या समाधान गर्नुपर्ने सरकारले, समस्या समाधानका लागि केवल समन्वय गरिरहेको भन्ने सरकारी भाषा बोल्छ । गाउँगाउँमा सिंहदरबारको अधिकार पुराएको राजनीतिक दलहरु भाषण गर्छन् । तर कर्णालीबासीले त्यस्तो महसुस गर्न पाएका छन् । देशमा विद्युत प्राधिकरण र सरकार छ भन्ने अनुभुति हुन नसकेको बताउँदै प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत आपुर्ति गराएर सरकार हुनुको अनुभुती गराउन माग गरेका छन् ।

सरकारको भाषा भने सैद्धान्तिक पाराको मात्रै छ । यो आर्थिक वर्षमा पूर्ण रुपमा विद्युत विस्तार गर्नेगरी बजेट तथा नीति कार्यक्रम बनाएकोले देशभर सतप्रतिशत विद्युत विस्तार गरिने उर्जा मन्त्री वर्षमान पुन बताउंछन् । नीति कार्यक्रम र योजना बनाउने तर काम नगर्ने । सरकारबाट अहिलेसम्म देखिएको यही प्रवृति हो । आजको राजनीतिक परिवर्तन ल्याउन कर्णालीबासीले रगत र पसिना बगाएका छन् । काठमाडौंले ती जनताको जिवनमा पनि परिवर्तनको महसुस गराउन सक्नुपर्छ । अन्यथा, आफ्नै सांसदबाट आफ्नै दलका मन्त्रीलाई श्री ३ महाराजको विल्ला भिरिरहनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com