ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमा प्रश्नोत्तर नचल्नुमा मन्त्रीसंगै र सांसदहरु पनि उत्तिकै जिम्मेवार (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, २२ साउन । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर मन्त्रीहरुले दिनुपर्ने नियम छ । तर प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले संसदको अवमूल्यन गरेको आरोप प्रतिपक्षी सांसदहरुको छ । सत्तापक्षीय सांसदहरुले भने प्रतिपक्षीले निरन्तरको संसद अवरोध गर्दा प्रश्नोत्तर ओझेलमा परेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नेपाल सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनैपनि विषयमा प्रश्न सोध्ने व्यवस्था प्रतिनिधी सभा नियमावली २०७५ ले गरेको छ । नियमावलीको परिच्छेद ४ को दफा ४० को व्यवस्था अनुसार सांसदले प्रश्न सोध्न पाउनेछन् । प्रत्येक दिनको पहिलो बैठकको एकघण्टा प्रश्नोत्तरका लागि निर्धारण गरिने भनेर नियमावलीको ४१ मा समेत उल्लेख गरिएको छ । तर प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर हुने गरेको छैन । हालसम्म एकपटक प्रतिपक्षीको बारम्बारको मागपछि केही मन्त्रीहरुले जर्बजस्त उत्तर दिने प्रयास गरेको भएपनि त्यसको निरन्तरता र प्रभावकारीता हुन सकेको छैन । सांसदहरुले समसामयिक राजनीतिक, आर्थिक, सामाजिक एवं आफ्नो क्षेत्रको विकास निर्माण, भैपरी आउने विपत्ति र घटनाक्रम र सरकारको कामको प्रगति विरणबारे शुन्य समय, विशेष समयमा पनि प्रश्न उठाइरहेका हुन्छन् । मन्त्रीहरु र सरकार संसदप्रति उत्तरदायी भएर हरेक प्रश्नको सामना गर्दै समाधानमा लाग्नुपर्ने हो । तर मन्त्रीहरुसँग सवालजवाफ गर्न पाउनुपर्ने सांसदहरुको मागलाई सरकार र सदन दुवैले बेवास्ता गर्दै आइरहेका छन् । प्रश्नोत्तरबाट पन्छेर सरकारले संसदीय मुल्य, मान्यतालाई स्वीकार गर्न नसकेको प्रतिपक्षी सांसदहरुको आरोप छ ।

प्रतिनिधी सभा नियमावलीमा मौलिक र लिखित प्रश्न सोध्न सकिने व्यवस्था छ । सांसदले मौखिक रुपमा उत्तर मागेमा मौखिक रुपमा र लिखित रुपमा मागे लिखित रुपमा सम्बन्धित मन्त्रीले दश दिन भित्र उत्तर दिनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले न त लिखित प्रश्नको उत्तर दिएका छन् , न त मौखिक प्रश्नको नै । जसका कारण, संसद बैठकको प्रभावकारीता माथि नै प्रश्न उठ्न थालेको छ ।
हालसम्म संसद सचिवालयमा विभिन्न मन्त्रालयका गरी १७८ वटा प्रश्न दर्ता भएका छन् । तर प्रश्नोत्तर गर्नको निम्ति न त सरकार तयार देखिन्छ न त संसद नै । तर सत्ताधारी सांसद भने प्रतिपक्षले निरन्तर संसद अवरोध गर्दा मन्त्रीहरुसंग प्रश्नोत्तर हुन नसकेको जिकिर गर्छन् ।

यद्यपी, मन्त्रीहरु प्रश्नसँग भागेकोले संसद वैठकको महत्व घटेको र सरकारको काम प्रभावकारी हुन नसकेको कयौं सत्तापक्षीय सांसदहरुकै गुनासो छ । त्यसो त, प्रश्नोत्तरको अलावा शून्य समय र विशेष समयमा सांसदहरुले राखेको समस्या समाधान र कार्यान्वयनको पक्ष पनि फितलो देखिएको छ । प्रश्नोत्तर हुन नसकेकोमा असन्तुष्टि जनाउँदै राजपा नेपालका सांसद एकवाल मिया संसदमा जनप्रतिनिधिले राखेको प्रश्नहरुको समाधान गर्न सम्बन्धित मन्त्रालय जिम्मेवार हुनुपर्ने बताउँछन् ।

सबैभन्दा बढी प्रश्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २७ वटा सोधिएका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयलाई २२, गृहलाई १४, पर्यटन मन्त्रालयलाई १३, शिक्षालाई १०, श्रमलाई १०, उद्योगलाई ९ गरी यस्तै गरी प्रश्नहरु संसद सचिवालयमा दर्ता भएका छन् । प्रश्नको उत्तर नआएकोले हो वा सांसदहरुको अल्छीपनाले जम्मा १६ जना सांसद मात्र हालसम्म प्रश्नोत्तरमा संलग्न भएका छन् । संसदले बैठक प्रभावकारी बनाउन प्रश्नोत्तर सञ्चालन गर्नुपर्नेमा सरकारले चाहंदा हुने नचाहंदा नहुने भइरहेको छ । तर संसद सचिवालय भने प्रश्नोत्तरलाई प्राथमिकतामा राखेको र आगामी दिनमा प्रभावकारी बनाउने बताउंछ ।

सरकारले जनप्रतिनिधीको सर्वोच्च संस्था संसदमा आफु प्रति उठेको प्रश्नबाट भाग्नु गैरजिम्मेवार र लाचारीपन हो भने संसदले पनि प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न नसक्नु उसैको असफलता हो । दुवैले आफुमाथि उठेको प्रश्नको उचित जवाफ दिन सक्नुपर्छ । संसदीय गरिमालाई बचाउन र सरकारको कामलाई प्रभावकारी बनाउन निरन्तर प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com