
काठमाडौं, साउन ५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ परेका छन्। काठमाडौंको काडाँघारीबाट लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौंको काँडाघारीमा रहेको विशेष सूचनाका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका उनलाई नेकपाको यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ।
हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेताकार्यकता समातिएका छन्। प्रहरीले उनीहरुविरुद्ध समाजको शान्ति सुव्यववस्था खलबल्याउन खोजेकोलगायतका आरोपमा पक्राउ गर्ने गरेको छ। गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो।



















प्रतिक्रिया दिनुहोस्