ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको राजनीतिक दस्तावेज प्रकाशनको तयारीमा (भिडियोसहित)


एबीसी न्यूज
असार २४, २०७६ मंगलबार   ११ : ३२   बजे

 

काठमाडौं, २४ असार । अन्ततः नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले एक वर्षदेखि थाँती राखेको राजनीतिक दस्तावेज अब प्रकाशित हुने भएको छ । दस्तावेज प्रकाशित गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि दस्तावेज प्रकाशनमा जान लागेको हो । दस्तावेज प्रकाशनमा पठाउनुपूर्व आइतबार प्रधानमन्त्री निवासमा दुई अध्यक्षबीच छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले सोमबार दस्तावेज प्रकाशनमा पठाइने बताइसकेका छन् । एकवर्षदेखि पूर्ण रुपमा सहमति भएर पनि प्रकाशन हुन नसकेको दस्तावेज प्रकाशनमा पठाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले सन्तोष व्यक्त गरेका थिए । पार्टीको राजनीतिक दस्तावेज सार्वजनिक नहुँदा नेकपाभित्र अन्यौल बढेको थियो ।

दस्तावजेका आधारमा तय गरिएको राजनीतिक कार्यदिशाका विषयमा अलमल हुँदा नेता कार्यकर्ताहरु पार्टीको प्रतिरक्षासम्म गर्न नसक्ने अवस्थामा पुगेका थिए । राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, सिद्धान्त, सङ्गठनात्मक नीति र विधिबारे नेताहरुले आफुखुशी व्याख्या गर्दै आएका थिए । कुन नेताले भनेको सही हो, कुन पार्टी लाईन हो, कुन होइन भन्ने बारेमा निकै अलमल थियो । दस्तावेज प्रकाशन भएसँगै नेकपाको यौटा अन्यौल हट्ने छ । यो अन्यौल पार्टी एकतालाई नै प्रभाव पार्ने खालको थियो ।

नेताहरुले आफुखुशी पार्टी लाइनबारे व्याख्या गर्दा नेकपा पार्टी नभै संयुक्त मोर्चा जस्तो देखिएको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनुपूर्व नै राजनीतिक प्रतिवेदनमा सहमति भएको थियो । तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको कार्यदलले पार्टी एकीकरणको मूल दस्तावेज तयार गरेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाएपछि पार्टी एकता घोषणा पूर्व २०७४ चैत २० गते तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर दुवै पार्टीको केन्द्रीय कार्यालयमा छलफलका लागि पुर्याइएको थियो ।

राजनीतिक प्रतिवेदनमा रहेका केही असहमतिलाई पछि मिलाउँदै जाने सहमतिका साथ जेठ ३ गते पार्टी एकीकरण घोषणा भएको थियो । यस अघि नै एबीसी टेलिभिजनका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलको सम्पादनमा प्रकाशित ऐतिहासिक एकताका आधारहरु नामक पुस्तकमा त्यो दस्तावेज प्रकाशित भएको छ । त्यो दस्तावेज संग्रहको नेकपाको ७० औं पार्टी स्थापना दिवसका अवसरमा गत बैशाख ९ गते हजारौं नेता कार्यकर्ताका बीचमा दुवै अध्यक्षले विमोचन गरेका थिए । त्यो दस्तावेज संग्रहमा २०४७ देखि २०७५ जेठ ३ गतेसम्मका समान खाले दस्तावेज र दुई दलबीच भएका सहमति र सम्झौता समेत संलग्न रहेका छन् । यो पुस्तकमा प्रकाशित दस्तावेजलाई नै दुवै अध्यक्षहरुले यसअघि नै अनुमोदन गरिसकेका थिए । अर्थात, राजनीतिक दस्तावेजमा जे लेखिएको थियो, पार्टीको नामबाट औपचारिक प्रकाशन त्यही नै हुंदैथियो ।

प्रतिवेदनमा मदन भण्डारीले प्रतिवपादन गरिएको जनताको बहुदलीय जनवादको आधारभूत सारतत्वलाई स्वीकार गरिएको छ । यस्तै, माओवादीले भन्दै आएको २१ शताब्दीको जनवादका कैयौं विषय पनि यो प्रतिवेदनमा समावेश भएका छन् । बुटवलमा भएको तत्कालिन नेकपा एमालेको आठौं महाधिवेशनले पुंजीवादी क्रान्ति सम्पन्न भएको निस्कर्ष निकाल्दै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने निस्कर्ष निकालेको थियो । माओवादीको हेटौंडामा भएको आठौं महाधिवेशनले समेत पुंजीवादी क्रान्ति आधारभूत रुपमा पुरा भएको निकाल्दै समाजवादी बाटोमा अघि बढ्न उत्पादनमा जोड दिने निर्णय गरेको थियो । अध्यक्षद्वयबीच पूर्वसहमतिअनुसार समाजवाद उन्मुख जनताको जनवाद पार्टी कार्यदिशालाई नै अघि बढाउने सहमति गरेको छ । तर, आगामी महाधिवेशनमा बहुदलीय जनवाद र माओवादीले भन्दै आएको २१औं शताब्दीको जनवादको विषयमा भने छलफल हुनेछ ।

पार्टी एकीकरण भएको एकवर्ष बित्दा पनि राजनीतिक प्रतिवेदन प्रकाशनमा नआउँदा पार्टी पंक्तिबाटै आवाज उठेको थियो । राजनीतिक प्रतिवेदनकै अभावमा हुंदा पार्टीको बैठक समेत बस्न सकेका छैनन । कहिलकाहीं बस्ने पार्टी सचिवालय बैठकको कार्यसूचिमा प्रतिवेदनको बहस हुन्थ्यो । गत, जेठ २० देखि २२ गतेसम्म बसेको पार्टीको सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन विषयमा टुङ्गो लगाउने प्रयास भएको थियो । तर, त्यहाँ सहमति बन्न नसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डलाई बैठकले जिम्मेवारी सुम्पेको थियो । झन्डै एक महिनाको गृहकार्यपछि दुवै अध्यक्षले पूर्वसहमतिलाई स्वीकार गर्दै प्रतिवेदन प्रकाशनका लागि पठाउन सहमत भएसंगै अब नेकपाको वैचारिक बाटो तय हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

अभावको युगमा प्रविधिमा मात्र होइन, भौतिक स्रोतमा पनि लगानी अनिवार्य

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group