ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरामा काँग्रेस–बाम गठबन्धनको कडा प्रतिस्पर्र्धा हुने


admin
कार्तिक ७, २०७४ मंगलबार   ३ : ०७   बजे

बाजुरा, ७ कात्तिक । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्र्धा हुने भएको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त बाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि सारेको छ भने नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) गठबन्धनले एमालेका केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसका कविराज पण्डितको नेतृत्वमा चार नगरपालिका र दुई गाउँपालिकाको प्रमुख उपप्रमुखसहित कार्यपालिकाको नेतृत्वसमेत काँग्रेसले गर्दै आएको छ भने तीन गाउँपालिकामा एमालेले नेतृत्व गर्दै आएको छ ।

संयुक्त बाम गठबन्धनले बाजुराको प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व लिने होडबाजी गर्न थालेको पाइएको छ । स्थानीय सरकारमा रहेको नेपाली काँग्रेसले जनताको काम गर्न नसक्ने भन्दै बाम गठबन्धनको जित अपरिहार्य रहेको एमाले तथा माओवादी केन्द्रका नेताले बताएका छन् ।

जिल्लाको विकास निर्माण कार्य र समृद्ध बाजुरा बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेसले जित्न अपरिहार्य रहेको काँग्रेस नेताको भनाइ रहेको छ । काँग्रेसले दुवै क्षेत्रमा र प्रतिनिधिसभामा विजयी भएपछि विकास निर्माणलाई बढी प्राथमिकतामा राख्दै जिल्लामा आर्थिक समुन्नतिमा लैजाने योजना रहेको काँग्रेसले बताएको छ ।

नेपाली काँग्रेसलाई छ स्थानीय तह र जिल्ला समन्वय समिति जितेको गर्व छ । त्यही गर्व तोड्नका लागि बाम गठबन्धन कडारुपमा चुनावी मैदानमा उत्रन लागेको छ । तीनै पार्टीका बैठकले चुनावी रणनीति तय गर्न थालेको एक स्रोतको दाबी रहेको छ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभामा नेपाली काँग्रेस बाम गठबन्धनसँग एक्लै लड्ने भएको छ । प्रतिनिधिसभाका लागि बाजुरामा नेकपा माओवादी केन्द्र) कमजोर भएका कारण एमालेका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका समर्थक रहेर उम्मेदवारी दर्ता गराइएको छ ।

नेपाली काँग्रेसले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ (क) मा पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलाई उम्मेदवार बनाएको छ भने एमाले र माओवादी केन्द्रले एमाले पार्टी सचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ (ख) मा नेपाली काँग्रेसले महासमिति सदस्य पदमबहादुर शाहीलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ भने संयुक्त बाम गठबन्धनले एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाई मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस र संयुक्त बाम गठबन्धनका दुवै उम्मेदवार बलिया देखिएका छन् । सँगै अधिवक्ता भएका पण्डित र थापा जिल्लामा लोकप्रिय बन्दै गएका छन् । थापा एमालेको जिल्ला अध्यक्ष भएका बेला २०७० सालको संविधानसभाको चुनाव एमालेले जितेको थियो भने पण्डित काँग्रेसको पार्टी सभापति भएपछि नौ स्थानीय तहका छ स्थानीय तहसहित जिल्ला समन्वय समिति जिताएका छन् ।

प्रदेशसभाका उम्मेदवार निर्वाचन क्षेत्र नं १ मा राम्रै परिचित रहेका जनकराज गिरी र बाम गठबन्धनका रेग्मी तिव्र प्रतिष्पर्धामा रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र २ मा पनि शाही र शाह उत्तिकै परिचित छन् ।

लामो समयदेखि राजनीतिमा लागेका काँग्रेसका उम्मेदवार शाही जनतामाझ लोकप्रिय छन् भने शाह भने मिलनसार र इमान्दार मानिन्छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस र संयुक्त बाम गठबन्धन आफ्नो चुनावी रणनीति बनाई कडारुपमा मैदानमा उत्रने देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group