ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदलाई दिने ६ करोड निर्णय विरुद्ध प्रदेश ५ नेकपा संसदीय दल उत्रियो ( भिडियोसहित )


एबीसी न्यूज

बुटवल, २७ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका निर्वाचित सांसदहरुलाई ६ करोड रुपैंया बिकासका निम्ति दिएपछि प्रदेशमा पनि सांसदहरुले मागिरहेका छन् । तर यतिबेला प्रदेश नम्बर ५ को सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदिय दलले भने सर्वसम्मत निर्णय गर्दै सांसद बिकास कोष खारेज गर्न माग गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुका लागि आफ्नो क्षेत्रको बिकास गर्न भन्दै ६ करोड बजेट बिनियोजन गरेको केही दिनमै प्रदेश नम्बर ५ को नेकपा संसदिय दलले भने संघीय संरचना तयार भईसकेको अवस्थामा सांसदहरुलाई रकम दिएर पठाउन नहुने निर्णय गरेको छ ।

नेकपा संसदिय दलको सर्बसम्मत निर्णयबाट संसद बिकास कोषको औचित्य नभएको र सांसदहरु निती निर्माणका लागि नागरिकबाट निर्वाचित भएकाले कोष आवश्यक नरहेको बताएको छ । नेकपाकै कतिपय सांसदहरुले कोषको रकम कम भएको र अझै बढाउनु पर्ने माग गरिरहेका बेला पार्टीकै नेताहरुलाई समेत चुनौती दिने गरि संसदिय दलले निर्णय गरेर सांसदहरुलाई भ्रष्ट बन्नबाट जोगाउनु पर्छ भन्ने सन्देश दिन खोजिएको बरिष्ठ पत्रकार डीआर घिमिरेको भनाई छ ।

बिगतको संसदिय ब्यवस्थामा संसद बिकास कोषका नाममा सांसदहरुले पाएका कोषबाट बिभिन्न बिबाद उत्पन्न हुनुका साथै कोषको दुरुपयोग भएको समेत जन गुनासो हुंदै आएको थियो ।

तर अहिले भने यसको नाम परिवर्तन गरिएको छ । तर काम भने उस्तै छ । हिजोको दिनमा सांसदले आफूखुशी योजना छान्न पाउँथे भने अहिले स्थानीय तहका प्रतिनिधिलाई पनि सहभागिता गराउनुपर्ने व्यवस्था छ । सम्पूर्ण ब्यवस्था नै परिवर्तन भएको अवस्थामा तथा बिकासका लागि संघिय , प्रदेश र स्थानीय सरकार सक्रिय रहेका बेला संसादहरु मार्फत बजेट बितरण गरिनु आफैमा गलत भएको तर्क छ बाम बुद्धिजिबी प्राध्यापक बसन्तराज खनालको ।

प्रदेश नम्बर ५ को नेकपा संसदिय दलले गरेको निर्णयबाट अन्य प्रदेशका सांसदहरुले पनि पाठ सिक्न सकोस् भनेर दलको बैठकमा प्रस्ताव गरिएको प्रदेश नम्बर ५का प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री कुलबहादुर केसीले बताए । बिगतको अनुभवबाट पाठ सिक्दै नेकपाको संसदियदलले संसद बिकास कोष आवश्यक नरहेको निश्कर्ष निकालेको नेकपा प्रदेश नम्बर ५ प्रदेशसभाका संसदिय दलका सचेतक भुमिश्वर ढकाल बताउंछन् । बिकासका लागि दिईएको बजेट सभा सेमिनार र गोष्ठी गरेर दुरुपयोग हुने गरेको ढकालको भनाई छ ।

निती निर्माण निर्माण गर्न, कानुन बनाउन र कानुनको कार्यान्वयन भए नभएको जनताको तर्फबाट खबरदारी गर्न निर्बाचित भएका सांसदहरुले पनि बजेटमा आंखा गाड्दै आफुहरुलाई छुट्टै बजेट चाहिने भन्दै केन्द्रिय संसद र पार्टीमा कुरा उठाईरहेका बेला प्रदेश नम्बर ५ का नेकपा सांसदहरुले निर्णय नै गरेर कोषको खारेजीको माग गरेर अर्थमन्त्रीको संसद बिकास कोषको अघोषित असहमती मात्र जनाएका छैनन सांसदहरुलाई भ्रष्ट्रिकरणको बाटोमा जानबाट पनि जोगाउने प्रयत्न गरेका छन् । अन्य प्रदेशका पार्टीका संसदिय दलहरुले पनि प्रदेश नम्बर ५ को नेकपा संसदिय दलबाट केहि सिक्ने की ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com