ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदलाई दिने ६ करोड निर्णय विरुद्ध प्रदेश ५ नेकपा संसदीय दल उत्रियो ( भिडियोसहित )


एबीसी न्यूज
जेष्ठ २७, २०७६ सोमबार  १ : ०३ बजे

बुटवल, २७ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका निर्वाचित सांसदहरुलाई ६ करोड रुपैंया बिकासका निम्ति दिएपछि प्रदेशमा पनि सांसदहरुले मागिरहेका छन् । तर यतिबेला प्रदेश नम्बर ५ को सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदिय दलले भने सर्वसम्मत निर्णय गर्दै सांसद बिकास कोष खारेज गर्न माग गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुका लागि आफ्नो क्षेत्रको बिकास गर्न भन्दै ६ करोड बजेट बिनियोजन गरेको केही दिनमै प्रदेश नम्बर ५ को नेकपा संसदिय दलले भने संघीय संरचना तयार भईसकेको अवस्थामा सांसदहरुलाई रकम दिएर पठाउन नहुने निर्णय गरेको छ ।

नेकपा संसदिय दलको सर्बसम्मत निर्णयबाट संसद बिकास कोषको औचित्य नभएको र सांसदहरु निती निर्माणका लागि नागरिकबाट निर्वाचित भएकाले कोष आवश्यक नरहेको बताएको छ । नेकपाकै कतिपय सांसदहरुले कोषको रकम कम भएको र अझै बढाउनु पर्ने माग गरिरहेका बेला पार्टीकै नेताहरुलाई समेत चुनौती दिने गरि संसदिय दलले निर्णय गरेर सांसदहरुलाई भ्रष्ट बन्नबाट जोगाउनु पर्छ भन्ने सन्देश दिन खोजिएको बरिष्ठ पत्रकार डीआर घिमिरेको भनाई छ ।

बिगतको संसदिय ब्यवस्थामा संसद बिकास कोषका नाममा सांसदहरुले पाएका कोषबाट बिभिन्न बिबाद उत्पन्न हुनुका साथै कोषको दुरुपयोग भएको समेत जन गुनासो हुंदै आएको थियो ।

तर अहिले भने यसको नाम परिवर्तन गरिएको छ । तर काम भने उस्तै छ । हिजोको दिनमा सांसदले आफूखुशी योजना छान्न पाउँथे भने अहिले स्थानीय तहका प्रतिनिधिलाई पनि सहभागिता गराउनुपर्ने व्यवस्था छ । सम्पूर्ण ब्यवस्था नै परिवर्तन भएको अवस्थामा तथा बिकासका लागि संघिय , प्रदेश र स्थानीय सरकार सक्रिय रहेका बेला संसादहरु मार्फत बजेट बितरण गरिनु आफैमा गलत भएको तर्क छ बाम बुद्धिजिबी प्राध्यापक बसन्तराज खनालको ।

प्रदेश नम्बर ५ को नेकपा संसदिय दलले गरेको निर्णयबाट अन्य प्रदेशका सांसदहरुले पनि पाठ सिक्न सकोस् भनेर दलको बैठकमा प्रस्ताव गरिएको प्रदेश नम्बर ५का प्रदेश सरकारका आन्तरिक मामला तथा कानुन मन्त्री कुलबहादुर केसीले बताए । बिगतको अनुभवबाट पाठ सिक्दै नेकपाको संसदियदलले संसद बिकास कोष आवश्यक नरहेको निश्कर्ष निकालेको नेकपा प्रदेश नम्बर ५ प्रदेशसभाका संसदिय दलका सचेतक भुमिश्वर ढकाल बताउंछन् । बिकासका लागि दिईएको बजेट सभा सेमिनार र गोष्ठी गरेर दुरुपयोग हुने गरेको ढकालको भनाई छ ।

निती निर्माण निर्माण गर्न, कानुन बनाउन र कानुनको कार्यान्वयन भए नभएको जनताको तर्फबाट खबरदारी गर्न निर्बाचित भएका सांसदहरुले पनि बजेटमा आंखा गाड्दै आफुहरुलाई छुट्टै बजेट चाहिने भन्दै केन्द्रिय संसद र पार्टीमा कुरा उठाईरहेका बेला प्रदेश नम्बर ५ का नेकपा सांसदहरुले निर्णय नै गरेर कोषको खारेजीको माग गरेर अर्थमन्त्रीको संसद बिकास कोषको अघोषित असहमती मात्र जनाएका छैनन सांसदहरुलाई भ्रष्ट्रिकरणको बाटोमा जानबाट पनि जोगाउने प्रयत्न गरेका छन् । अन्य प्रदेशका पार्टीका संसदिय दलहरुले पनि प्रदेश नम्बर ५ को नेकपा संसदिय दलबाट केहि सिक्ने की ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com