ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति निर्माण बनाउने सांसदमा पठन संस्कृति हरायो, सांसदले पुस्तकालयमा पाइलो टेक्दैनन् ( भिडियोसहित)


एबीसी न्यूज
जेष्ठ २७, २०७६ सोमबार  १२ : ५४ बजे

काठमाडौँ, २७ जेठ ।  संघीय सांसदको अध्ययनका लागि संसद सचिवालयमा पुस्तकालय छ । संसद सचिवायलले २० हजार पुस्तक पुस्तकालयमा राखेको छ । तर तिनै माननीय सांसदले पुस्तकालयमा पाइलो टेक्दैनन् । अध्ययन नै नगर्ने सांसदले राज्यको नीति र कार्यक्रममा छलफल र वहस गर्न ल्याकत राख्लान त ?

संघीय संसद सचिवालयको पुस्तकालय छ । सांसदहरु अध्ययनका निम्ति खोलिएको हो यो पुस्तकालय तर माननीय सांसदहरु नै पुग्देनन् पुस्तकालय । सांसदहरु नै पुस्तकालय नपुगेपछि सुनशान नै हुन्छ पुस्तकालय । संसद सचिवालयका अनुसार पुस्तकालयमा २० हजार पुस्तक रहेको तथ्याँक छ । पुस्तकालय जसका लागि स्थापना गरिएको उनै पुस्तकालय नपुगेपछि पुस्तकालय पाठकविहीन बनेको हो ।
सांसदहरुलाई अध्ययनको लागि भन्दै संघीय संसद सचिवालयले पुस्तकालयको व्यवस्था गरिदिएको भएपनि सांसदहरु पुस्तकालयमा विरलै छिर्ने गरेका छन् ।

सांसदहरु अध्ययनका लागि पुस्तकालय नछिरेपछि यसको प्रभावकारीता लगभग लगभग शुन्यप्रायः जस्तो बनेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालको भवनमा भुइँतल्लामा पुस्तकालय राखिएको भएपनि केही सांसदहरु मात्र कहिलेकाहीँ जाने गरेका छन् त्यो पनि कुनै भेला अथवा बैठकको मौका छोपेर । छोटो समयका निम्ति मात्र पुस्तकालय पस्ने गरेका छन् । त्यहाँ बसेर अध्ययन गर्ने अथवा पुस्तक घरमै लगेर पढ्ने संस्कृति सांसदहरुले बसालेका छैनन् ।

पुस्तकालय सुनसान हुने गरेको छ । कहिलेकाहीँ फुर्सदिला संसदका कर्मचारीहरु मात्र आक्कलझुक्कल पुस्तकालयमा देख्न सकिन्छ । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ जना सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ जना सांसद मात्रै पुस्तकालय छिरेका छन् । यसले सांसदहरुमा पठन संस्कृति नरहेको प्रष्ट हुन्छ । तर सांसदहरु पुस्तकालयमा अध्ययन गर्ने वातावरण नभएको उल्टै दोष दिन्छन् ।

सांसदहरुलाई महिनादिनसम्म पुस्तक घरमै लगेर पढ्ने सुविधा पनि छ । पुस्तकालय पर्याप्त व्यवस्थित नभएको सांसदहरुको गुनासो छ । पुस्तकहरु कहाँ कुन प्रकारका राखिएको छ कर्मचारीलाई नै खोज्न हम्मेहम्मे पर्छ । फितलो व्यवस्थापन त छदैँछ, पुस्तकपनि बजारमा आएका जस्ता नयाँ नयाँ पुस्तकहरु पुस्तकालयमा भेटिदैँन । जसका लागि पुस्तकालय स्थापना गरिएको उनै सांसदहरु पुस्तकालय पुग्ने र अध्ययन संस्कृति नहुदा पुस्तकालय पुस्तकालय बन्न नसकेको हो । पुस्तकालय समेत व्यवस्गित छैन । पुराना किताबहरु सड्ने अवस्थामा छन् । अध्ययन गर्ने लायकका पुस्तक पुस्तकालयमा नुहदा पुस्तकालयमा नपुगेको सांसदहरुको प्रतिक्रृया छ ।

विज्ञान र प्रविधिको युगमा प्रविधीमैत्री पुस्तकालय निर्माणमा संसद सचिवालयले जोड दिनुपर्ने हो । सचिवालय स्वयंले पुस्तकालयलाई समय सापेक्ष बनाउन सकेको छैन नै । एकातिर पुस्तकालय व्यवस्थित नहुनु अर्काेतिर सांसदहरुको पठन संस्कृति नहुनुले पुस्तकालय बेवारे जस्तै बनेको हो । तर सांसदहरु प्रविधिमैत्री पुस्तकालय बनाउन सके अध्ययन गर्ने संस्कारको विकास हुने दावी गर्छन्

सांसदको आवश्यकता र माग अनुरुपको पुस्तक बजेट अभावका कारण उपलब्ध गराउन नसकिएको संसद सचिवालयको प्रतिक्रृया छ । श्रोत साधनको अभावमा पुस्तकालय व्यवस्थित हुन सकेको छैन भने स्वयं सांसदहरुमा पनि पठन संस्कृति नहुदा पुस्तकालय पुस्तकालय जस्तो नभएको सचिवालयको दावी छ । सांसदको पठन संस्कृति कम भएकोले त्यसलाई बदल्नुपर्ने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

संसद सचिवालयले पुस्तकालय स्थापना गरेपनि त्यसको उपयोग गर्न नसक्नु सिंगो संसदकै लज्जाको विषय हो । पढ्दै नपढने सांसदले संसदमा उठेका सवाल जवाफ कस्तो र कसरी गर्न सक्छन् यो निकै चासोको विषय हो । यसर्थ माननीयहरुले पठन संस्कृतिको विकास गरि देश र जनताको भविष्यको मुद्दा जिम्मेवार बन्नै पर्छ । अध्ययन विनाको जनप्रतिनिधि सही नीति र कार्यक्रम बनाउन किमार्थ योग्य हुन सक्दैन यसर्थ माननीयहरुले अध्ययनको संस्कृति विकास गर्न अब लाग्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com