ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रु दुई करोडको तरकारी निर्यात


admin
आश्विन ३०, २०७४ सोमबार   १२ : ४९   बजे

पाल्पा, ३० असोज । परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ ।

मकैखेती छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि गाउँमा उत्पादित वस्तुको बाहिरी जिल्ला निर्यात बढेको हो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मदनपोखराबाट गत आव २०७३÷७४ मा रु दुई करोडकोे तरकारी जिल्ला बाहिर निर्यात भएको छ । मदनपोखराको तरकारी स्याङ्जा, कास्की, रुपन्देहीसम्म निर्यात हुँदै आएपछि किसान खुशी छन् ।

परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रमा करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो । व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले रु डेढ लाखदेखि आठ लाखसम्म आम्दानी लिन सफल भएको किसान बताउँछन् ।

मदनपोखरा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पदमराज पौडेलले तरकारीको बीउ, प्राविधिक सहयोग, ऋण र तरकारीको बजार व्यवस्थापन गर्न थालेपछि तरकारी उत्पादन गर्नेको संख्या वर्षेनी बढेको हो । तानसेन नगरपालिकाको मदनपोखरा क्षेत्रबाट ठूलो मात्रामा तरकारी उत्पादन हँुदै आएपछि अहिले तानसेन नगरपालिकाको वडा नं ६, ७ र ९ का स्थानीय बासिन्दासमेत व्यावसायिक तरकारीखेतीप्रति आकर्षित हुन थालेका छन् ।

परम्परागत मकैखेती छाडेर व्यावसायिक रुपमा बन्दा गोपी, गोलभेँडा, खुर्सानी, मुला र भान्टाखेती गर्न थाले पछि कृषक राम्रो आम्दानी लिन सफल छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group