ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक–‘प्रचण्ड’


एबीसी न्यूज
बैशाख ३०, २०७६ सोमबार  ८ : ४१ बजे


काठमाडौं,३० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने परिपथ बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ भएको ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर परिपथ बनाएमा मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो ।

उहाँले हिन्दू र बौद्ध धर्मलाई जोड्ने परिपथ बनाउन सके विश्वको ध्यान केन्द्रित गर्न सकिने समेत धारणा राख्नुभयो । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । “भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि चीन फिङसँग कुरा हँुदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दै भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो”, उहाँले भन्नुभयो,‘‘ दुवै नेताले ‘नेपाल देश सानो छैन, नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो भएको बताउनुभएको थियो । ”

अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपीठलाई जोड्ने एउटा शक्तिपीठ परिपथ बनाउन आवश्यक रहेको पनि बताउनुभयो । नेपाल–भारतका शक्तिपीठ जोड्ने परिपथ उहाँले नेपाल र भारतका शक्तिपीठलाई जोड्ने परिपथ पनि बनाउनुपर्ने बताउनुभयो । नेपाल र भारतका शक्तिपीठ मिलाएर शक्तिपीठ परिपथ बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले नेपाल र भारतका केही विद्वान्लाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने सुझाव पनि दिनुभयो । मिथिला सभ्यताको विकास गर्नुपर्ने उहाँले मिथिला सभ्यतालाई ज्ञान तथा आर्थिक सामाजिक र विकासको केन्द्रका रुपमा लैजानुपर्ने समेत धारणा राख्नुभयो । मिथिला र मिथिला सभ्यता आफैँमा नेपालको मात्र नभई विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्नुभयो ।

जनकपुरमा भारतका प्रधानमन्त्री मोदीको भ्रमण, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण परिपथको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटनजस्ता कार्य मिथिला सभ्यतालाई नै बुझेर गरिएको उहाँले बताउनुभयो । पौराणिक तथा ऐतिहासिककालमा रहेका सबै गौरवलाई अन्वेषण गर्ने र त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्दै इतिहासका गौरवलाई जनता र वर्तमान समाजको सेवामा सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष दाहालले आफू जनताको धार्मिक आस्थालाई सम्मान गर्ने, सबै धर्म सम्प्रदायमा राज्यले समान व्यवहार गर्नुपर्छ भन्ने कुराको पक्षपाती रहेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्ने पक्षमा रहेको उल्लेख गर्नुभयो । सीताजयन्ती मनाउन जोड अध्यक्ष दाहालले सीतालाई आदर्श नारीका रुपमा चिनिएकाले रामजयन्तीजस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । “रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ ।

त्यो पितृसत्तावादी सोचको कारणले भएको हो”, उहाँले भन्नुभयो, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहँुदैन । महिला हुनुको नाताले सीताको बढी चर्चा, सम्मान हुनुपर्छ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्छ ।” अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडाँै हँुदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हँुदै गइरहेको बताउनुभयो । उहाँले ल्हासाबाट रेल चाँडै अब आइपुग्नेछ भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताउनुभयो ।

अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गरिने समेत बताउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरीका रुपमा विकास गरिने जानकारी दिनुभयो । सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेदको अन्त्य हुने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले नारीमा हुनुपर्ने आदर्श सीताभन्दा अर्को कोहीमा नभएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलका रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।

स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गका रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताउनुभयो । मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँमा सीताको जयन्ती मनाउन थालिएको जानकारी दिनुभयो । सो अवसरमा अरविन्द मिश्रले ‘मिथिला र जनकवंशः एक सङ्क्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com