ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिमाञ्चलकै पहिलो चिया बगानले पर्यटकलाई आकर्षित गर्दै


admin
आश्विन २९, २०७४ आईतबार   १२ : ३२   बजे

घलेगाउँ, लमजुङ, २९ असोज ।  पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।

क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउनुहुन्छ ।

“देश विदेशबाट चिया बगान हेर्न मान्छे आउँछन्”, गुरुङले भन्नुभयो, “हामीलाई त राम्रो लागेको छ ।”

हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङ पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ ।

प्राकृतिक सुन्दरतासँगै चिया बगानलाई पनि मुख्य आकर्षक सम्पदाका रुपमा लिएको क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

“प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, घलेले भन्नुभयो, “अहिले चिया बगान पनि पर्यटकका लागि मुख्य आकर्षक बनेको छ ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि चियाखेती शुरुवात गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २५० रोपनी, पसागाउँमा १०० र घलेगाउँमा ७० गरी एक्यापको अगुवाइमा हालसम्म ४२० रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ ।

उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती शुरुवात गरिएको हो । घलेगाउँमा चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ ।

प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group