ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसद्मा दर्ता गरेपछि….


admin


काठमाडौं,२८ बैशाख । सरकारले मिडिया काउन्सिल गठन गर्ने प्रावधानसहितको विधेयक संसद्मा दर्ता गरेपछि नेपाली सञ्चार क्षेत्रमा विभिन्न तर्कवितर्क उठन थालेका छन् ।

केही सञ्चारकर्मीले उक्त विधेयक तुरुन्त फिर्ता गर्नुपर्ने माग गरेका छन् भने केही सञ्चारकर्मीले उक्त विधेयक सञ्चारकर्मीको घाँटी निमोठ्ने हिसाबले नआएको र आन्दोलनमा जानु नै पर्ने अवस्था अहिले सिर्जना नभएको विचार व्यक्त गरेका छन् ।

उनीहरुले केही समस्या भए सञ्चारमन्त्रीसँग कुरा राखेर छलफल गरी समाधान गर्न सकिने राय व्यक्त गरेका छन् । व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दै गएकाले पनि सञ्चार क्षेत्रमा नियमन तथा अनुशासन कायम गर्न यस्तो विधेयक ल्याएको उनीहरुको धारणा छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेपाल प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहालले विधेयकमा सरकारले प्रेसको घाँटी निमोठ्ने उद्देश्य राखेको भन्ने आफूलाई विश्वास नलागेको बताउँदै प्रेस स्वतन्त्रताको उपभोग गर्ने पत्रकारले आफू पनि स्वनियममा बस्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।

उहाँले ठूला मिडियामा पूँजी अपारदर्शी भएकाले त्यसलाई पारदर्शी बनाउन पनि बिगहाउसको अनुगमन तथा नियमन आवश्यक भएको बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सञ्चार क्षेत्रलाई अंकुश लगाउने मनसायका साथ सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताउँदै त्यसका विरुद्ध गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सङ्गठित अपराध तथा राजद्रोहको मुद्दा लगाउन सक्ने गरी गरेको प्रावधान भएकाले यो विधेयक खारेज गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक तुरुन्त फिर्ता लिन माग गर्नुभयो । उहाँले रु १० लाखसम्म जरिवाना तथा १५ वर्षसम्म कैद गर्ने प्रावधानले सञ्चार क्षेत्र आतङ्कित भएको बताउँदै महासङ्घले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको बताउनुभयो । जनपत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुर्मुले मिडिया काउन्सिल विधेयक पत्रकारको हितविपरीत आएकाले फिर्ता गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com