ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनमा नै फर्किनुस बाबुराम कमरेड


एबीसी न्यूज
बैशाख २२, २०७६ आईतबार   ६ : ३८   बजे


This image has an empty alt attribute; its file name is sharada-sharama.jpg
शारदा शर्मा

हुनत तपार्ई धेरै पढेर गरेर, भोगेर नै यहाँसम्म आउनुभएको हो । देश बनाउन आजबाट हैन धेरै अगाडिबाट आफ्नो ब्यक्तिगत स्वार्थ छोडेर जनताको मुक्तिको लागि लाग्नु भएको हो । तपार्ईको राजनीतिले हामीलाई समेत ततायो ।अक्षर मिलाएर शब्द बनाउने अभियनमा हाम्रा शब्दहरुले समेत शहर तातेको समय अनेक कित्ताकाटको भुमरीमा हामी पनि पर्यौ । कति बुझेर कति नबुझीकनै । समयसंगै निरन्तर बगिरहँदा सम्बन्धका आधारमा समेत निचोरिन बाध्य पनि त भयौ । जनताको मुक्ति र परिवर्तनको लागि गरिएको लडाईंमा तपार्ईको महत्वपूर्ण भुमिका रहयो ।


मान्छेहरुले प्रचण्डलार्ई भन्दा तपार्ईलाई नै बढी चिने । जस्लार्ई बढी चिनिन्छ उसँग आस पनि त त्यतिकै गरिन्छ । तपार्ईप्रति जनताको ठूलो विश्वास पनि थियोे । साँच्चै जनयुद्धलार्ई सेफल्यान्डिङ गरेर शान्तिप्रक्रियामा ल्याउन तपार्ईहरुले धेरै ठूलो मूल्य चुकाउनुभयो । साँच्चै आज तपार्ईको बेसिक लाईन परिवर्तन नभएको होला तर आवरण फरक देखियो । हामी त सामान्य मान्छे यति भन्न पनि छुट छ या छैन । जब शान्तिप्रक्रियामा आउनु भो समयले आजसम्म पनि तपार्ईहरुसँग परीक्षा लिएकै छ । देशको जिम्मेवार निकायमा पुगेर नेपालको नक्सा नै बदल्ने आस गरेका तपाईंहरुले आफ्नै पाटीलाई धोविघाटको डिलमा लगेर हुत्याउन खोज्दा हामीले पहल गरेउँ, तपाईंहरु टुट्न हुन्न भनेर । धेरै ले खवर्दारी गरे तपाईंहरुलार्ई ।

यो अभियानमा तपार्ई एक्लै त पक्कै हुनुहुन्थेन । एकजनालार्ई देखाइदिने नाममा गरिएको तपाईंहरुको यो हर्कत सुहाउदो पनि थिएन । छोडौ यस बिषयलार्ई, फुटाउ र राज गर भन्नेहरुको अगाडि तपाईंहरु कमजोर बन्नुभयो । दशवर्ष जनताको लागि लडाईं गरेर आएका पाटीहरु टुक्रा टुक्रा हुदा सच्चा देशभक्त सबैको मन टुक्रिएको थियो । तैपनि आस थियो तपार्ईप्रति । सिंगो देशले संबिधानसभाको जगबाट माथि उठेर राज्य पुनर्निर्माण गर्नुपर्ने समय तपार्ई नयाँ शक्ति भनेर पाटीबाट अलग हुनुभयो । कमरेड हुन त त्यहाँ भित्रको माहोल के थियो तपाईंले बुझ्नु हुन्छ । बस्नै नसक्ने भएर नै पाटी छोड्नु भएहोला । त्यो तपाईंको कुरा हो । आफु सकिएर पनि देश बनाउनेहरु नै राजनेता बन्न सक्छन् । सिंगो जीवन र उर्भरा समय बिताएको पार्टी छोडेर जब नयाँ गन्तव्य रोज्नुभयो, मानिसले पत्याएका थिएनन् । सोच्थे पक्कै पनि तपार्ई फेरि आउनुहुनेछ । आज देश बदलिने परिवेशमा छ ।

जतिबेला बामगठबन्धनको लहर चल्यो, लागेको थियो त्यसको गतिलाई रफ्तारमा लान तपाईंँको ठूलो भुमिका हुनेछ । तपार्ई, प्रचण्ड र केपी ओलीले जनतासँग गरेको प्रतिबद्धता देखेर दुनिया चकित बन्यो । फुट्न मात्र हैन जुट्न पनि जान्दछन कम्युनिस्टहरू भन्ने सन्देश दिँदा सिंगो देश नै खुसीले गदगद भयो । तर फेरि उहीँ भयो जे जनताले चाहेको थिएनन । सायद सुरुवात भएर पनि होला हरेक पाटीमा लोभिपापीहरको बाहुल्यता कायम रहयो ।

प्रत्यक्षदेखि समानुपातिकसम्म आउँदा लगातार खाएकाहरु अघाएनन र एउटै घरबाट तीनचार जनालाई सुरक्षित अबतरण गर्ने घिनलाग्दो खेल भयो । कमरेड अव त यो खेलको अन्त्य गर्न प्रचण्ड र केपी ओलीले कसम खानुभएको छ । राजनीतिलार्ई पेशा बनाएर जनतामाथि ब्रहमलुट गर्नेहरुको अन्त गर्छौ भन्ने महान् अभियानमा तपार्ई यस पटक पनि अलि लज्जास्पद बाटो समाएर बिचलित बन्नुभयो की भन्ने लाग्छ । हुन त हामीले के बुझेको छौ र दखेको कुरा गर्दा पनि यो अभियानबाट तपार्ई बाहिरनु हुन्थेन । जेहोस गएका कुरा नकोट्याउँ । अब तपाईंले जितेर आउनु भएको छ । यस जितलाई पक्कै पनि बाम एकताको लहरमै मिलाएर आगामी दिनमा देशको नक्सा बदल्न प्रयत्न गर्ने कुरामा गम्भीर बन्नु होला ।


यो बाम लहरमा फेरि तपार्ई आउदा तपाईंको कद घट्ने छैन । हामीले त जति बुझ्छौ त्यति भन्ने हो । गर्ने त तपाईंहरुले नै हो । परिवर्तनमुखी यस अभियानमा तपाईंको भुमिका त्यत्तिकै महत्त्वपूर्ण हुनेछ । हामीलाई जुन पार्टीले जिते पनि केही हुने हैन । यस्ता जित र हारका श्रृखला धेरै देखेका पनि छौं र पनि यसपटकको अभियानले साँच्चै हामी आशावादी छौं । सबै वाम एक भएर देशको हितको लागि अगाडि बढ्ने हो भने देशले काँचुली फेर्न पक्कै पनि समय लाग्ने छैन । हुन त चेहरा उहि छन्, उही घिनलाग्दा स्वार्थ बोकेर जितको माला लगाइरहेका मान्छेहरु देखेर लज्जित बनेको आजको परिस्थिति भन्दा पनि अवका दिनका लागि नेतृत्वले गरेको प्रतिबद्धता हेरेर नै फैसला दिने तयारीमा छन नेपाली जनता ।


त्यसैले पनि अवको परिस्थिति अलि फरक हुन्छकी भन्ने आस मात्र हो हाम्रो पनि । यसपटक हामीलाई फरक लागेकै छ।यो एकतालाई व्यवस्थापन गरेर निजी स्वार्थ छोडेर अबका केही बर्ष देश बिकासको लागि अगाडि बढ्ने हो केही हुन्छ की भन्ने आशा मात्र हो । यसपटक पनि जनताले तपाईंलाई विश्वास गरेका छन् ।

जितको माला पहिरिन जति सजिलो छ देश बनाउने अभियानमा आफुलाई बदल्न निकै गाह्रो छ । अनेक घिनलाग्दा खेल देख्नुभएको छ, चाहेर नचाहेर संलग्न हुनुभएको छ तपार्ई पनि । आजसम्म जे भयो अबका दिन साँच्चै देशको हित सोचेर बाम गठबन्धनमा नै जानुस कमरेड । देश बामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणको दिशामा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

मध्यम शक्तिको भ्रम: छनोट नगर्नु विकल्प होइन !

असुविधा नै मानवता हो: एआईको ‘सजिलो’ बाटो रोज्नु किन घातक छ?

Who Writes Our Past? -Shashi Tharoor

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group