ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाले हावाहुरी प्रभावितका लागि घर बनाउन थाल्यो ,शिलान्यास गर्न पुगे रक्षामन्त्री पोखरेल


admin
बैशाख २१, २०७६ शनिबार  ११ : ३८ बजे

काठमाडौं,२१ बैशाख । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले हावाहुरीबाट पीडित जनताको घर निर्माण कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितका लागि जनता आवास निर्माण कार्ययोजनाको आज बाराको फेटा गाउँपालिका–६ पुरनियाँमा शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले पीडित जनताको आवास निर्माणमा नेपाली सेनाले कुनै कमी राख्न नहुने बताउनुभयो ।

एकैसाथ बारा पर्साको १२ ठाउँमा सो आवासको आजै शिलान्यास भइरहेको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिलान्यास कार्यक्रम हुने भनिए पनि विशेष कारणले प्रधानमन्त्री आउन नसक्नु भएको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण गर्न सेनालाई निर्देशन दिनुभयो । सो आवास निर्माण गर्दा केही समस्या आए प्रदेश र स्थानीय सरकार मिलेर समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले सेनाले निर्माण गर्ने जनता आवास कार्यक्रममा स्थानीय, प्रदेश सरकारसहित सबैको सहयोग रहने छ भन्नुभयो ।

उहाँले हावाहुरी प्रभावित परिवारलाई घर बनाउँदा जग्गाको अभाव भए प्रक्रियागत रुपमा ऐलानी र प्रति जग्गा उपलब्ध गर्नसमेत निर्देशन दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले सबै मिलेर एकताबद्ध भई आपत्विपत्मा परेका जनताको समस्या समाधान गर्न सबै एक हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि सङ्घीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताउनुभयो । सो कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री वीना मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com