ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटा नगरकाप्रतिनिधिले गोप्य निर्णय गरेर सेवा सुविधा लिए


admin

धनकुटा, २७ असोज ।  धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले असोज १ गतेबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला नगर उपप्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बोर्डले थप सेवा सुविधा लिने गरी गोप्य राख्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

गत असोज ९ गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा वृद्धवृद्धा, एकल र दलितका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णयसँगै जनप्रतिनिधिले सेवा सुविधा लिने निर्णय गरेको खुलासा भएको हो ।

स्रोतका अनुसार नगर प्रमुखलाई मासिक रु ४५ हजार, उपप्रमुख रु ३५ हजार, वडाध्यक्षलाई रु २५ हजार नगरसभाका आठ सदस्यसहित कार्यपालिका बोर्डका अल्पसंख्यक, सीमान्तकृत, दलित, महिला समुदायबाट मनोनीत सदस्यलाई जनही रु २५ हजारका दरले परिश्रमिक दिने निर्णय भएको छ ।

जम्मा १० वटा वडा रहेको धनकुटा नगरका ४० जना वडा सदस्यले भने बैठकका दिनको रु एक हजार भत्ता मात्र पाउने गरी निर्णय भएको स्रोतको भनाइ छ । धनकुटेली नगरवासीले तिरेको आन्तरिक करबाट वार्षिक रु ६३ लाख ६० हजार व्याय भार थपिने छ ।

बैठकमा १० वटै वडाका वडाध्यक्षलाई एक–एक वटा मोटरसाइकलसमेत खरिद गर्ने प्रस्ताव वडाध्यक्षबाट आए पनि बोर्डका सबै सदस्य एवं पदाधिकारीले सहमति नजनाउँदा निर्णय हुन नसकेको दाबी स्रोतको छ ।
नेपालको संविधानको भाग १८ को धारा २२७ मा “गाउँ सभा तथा नगर सभाका पदाधिकारी एवं सदस्यले पाउने सेवा सुविधाका सन्दर्भमा प्रदेशको निर्वाचनपछि गठित प्रदेश सभाले बनाउने प्रदेश कानून लागू भएपछि हुने” भनिएको छ तर यहाँका जनप्रतिनिधिले भने निर्वाचित भएको तीन महिना नपुग्दै आफूखुशी निर्णय गरेकामा नगरवासी चकित भएका छन् ।

गत भदौ ९ गते आव २०७४÷७५ का लागि उक्त नगरपालिकाले पारित गरेको बजेटमा आन्तरिक स्रोत रु दुई करोड, २६ लाख, ४७ हजार प्रस्ताव गरिएको छ ।

अघिल्लो वर्षको आन्तरिक स्रोतको तुलनामा यो वर्ष जनप्रतिनिधिले अनुमान गरेको आन्तरिक स्रोत रकम रु १८ लाख, ८३ हजार, ३०० भन्दा बढी छ तर जनप्रतिनिधिले तलब सुविधा लिनका लागि वार्षिक रुपमा रु ६३ लाख, ६० हजार बराबरको स्रोत अनिवार्य जुटाउनु पर्ने हुन्छ । अहिलेको आन्तरिक स्रोत अवस्था हेर्दा नगरवासीको विकासका लागि आन्तरिक स्रोत उपयोग हुनेभन्दा पनि जनप्रतिनिधिलाई तलब खानका लागि अझै रु ४४ लाख, ७७ हजार बराबरको आन्तरिक स्रोत जुटाउनु पर्ने देखिन्छ ।

मासिक रुपमा रु पाँच लाख, ३० हजारका दरले नगरपालिकाका पदाधिकारी एवं सदस्यले तलब सुविधा लिँदा वार्षिकरूपमा रु ६३ लाख, ६० हजार खर्च हुने देखिन्छ । धनकुटा जिल्लामा नयाँ संरचनाअन्तर्गत तीन नगरपालिका र चार गाउँपालिका छन् ।

धनकुटा नगरपालिकाबाहेक अन्य छ वटा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नगर तथा गाउँपालिका बोर्डमा प्रतिनिधित्व गर्ने कसैले तलब र अन्य सुविधा लिएका छैनन् । धनकुटा नगरपालिकाको बैठकमा भएको जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी निर्णय कार्यान्वयन नहुने र सेवा सुविधा लिएकाको रकम फिर्ता गर्न लगाउने नगर प्रमुख तामाङले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com