ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवार छनोट


admin
आश्विन २६, २०७४ बिहीबार  १२ : ४८ बजे

कैलाली, २६ असोज । लामो समयसम्म थरुहट÷थारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीको केन्द्रीय उपाध्यक्ष तथा सांसद गीता राणा श्रेत्रीलाई छनोट गरेको छ भने समानुपातिकतर्फ आदिवासी जनजाति महासंघ कैलाली अध्यक्ष तेज तरामी मगर, पार्टीका केन्द्रीय सदस्य माधव चौधरी, मनिराम चौधरी र महिला समानुपातिक सदस्यमा शारदा केसीको नाम सिफारिश गरिएको क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्तले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ छ जनाको नाम सिफारिश गरिएको छ । क्षेत्रीय अध्यक्ष गजेन्द्र पन्त, क्षेत्रीय सदस्य रुपा चौधरी, ताराकुमारी चौधरी, जिल्ला सदस्य संगीता चौधरी, क्षेत्रीय सहअध्यक्ष मेलाराम टेर्रा, पार्टीको गौरीगंगा नपा अध्यक्ष सगतराम चौधरी, सचिव रामकुमार चौधरी र रामबहादुर चौधरीको नाम सिफारिस गरिएको छ । तर प्रत्यक्षतर्फ छनोट हुन बाँकी रहेको जनाइएको छ ।

अन्य निर्वाचन क्षेत्रमा औपचारिक निर्णय हुन बाँकी रहे तापनि क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सांसद रामजनम चौधरी र समानुपातिकतर्फ पार्टी सहअध्यक्ष भानुराम थारुको नाम चर्चामा रहेको छ भने निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ सांसद जनक चौधरीको नाम पनि चर्चामा रहेको बताइएको छ ।

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच भइरहेको तालमेलले उम्मेदवार छनोटमा केही प्रभाव पार्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com