ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए ‘भिटो’


admin

एजेन्सी,४ बैशाख । साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गर्नुभएको यो दोस्रो विशेषाधिकार हो । अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक रहेको बताउनुभयो ।

“मेरो संवैधानिक अधिकारलाई कमजोर तुल्याउन खोजियो । यसबाट अमेरिकी नागरिक र सैनिकको जीवनलाई आजमात्र होइन आगामी दिनमा पनि जोखिममा पार्न खोजिएको छ ।” अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै त्यस्तो सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्राट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कानुनको रुप लिन्थ्यो ।

राष्ट्रपति ट्रम्पले सिनेटको उक्त प्रस्ताव अस्वीकृत गर्ने र आवश्यक परे विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने चेतावनी यसअघि नै दिइसक्नु भएको थियो । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्रस्ताव २४७ – १७५ ले पारित भएको थियो । सिनेटले गत महिना नै यो प्रस्ताव पारित गरेको थियो ।

ह्वाइट हाउसले संसदको उक्त प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरेबिया समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको थियो । संसदमा डेमोक्राट सदस्यहरुले साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनमा कङ्ग्रेसको अख्तियारी बेगर नै अमेरिकाको सहभागिता गैरसंवैधानिक हुने तर्क अघि सारेका थिए ।

खासगरी हातहतियारको आपूर्ति र लडाकू विमानमा तेल भर्ने कार्य संवेदनशील कार्य हो । उदारवादी सिनेटर बर्नी स्यान्डर्स जस्ता धेरै सांसदहरुले युद्ध र शान्तिका विषयमा अमेरिकी सांसदहरुले निर्णय गर्न पाउनुपर्ने भन्दै वर्षौंदेखि बहस गरिरहेका छन् ।

“कङ्ग्रेसले आफ्नो जिम्मेवारी पुनः महसुस गर्दैछ, र यो यमनका सन्दर्भमा मात्र लागू हुँदैन यो भविष्यका लागि पनि हो,” यमन प्रस्तावका मूल लेखक स्यान्डर्सले संसदमा मतदानपछि बताउनुभएको थियो । उहाँ सन् २०२० का लागि राष्ट्रपतिका उम्मेदवार समेत हुनुहुन्छ ।

उहाँले यमनको रक्तपातपूर्ण युद्धबाट तत्काल अमेरिका बाहिरिनु पर्दछ भन्नुभयो । विदेश नीतिका मामिलामा संसदले आफ्नो संवैधानिक दायित्वलाई अब बेवास्ता गर्ने छैन, र यस यथार्थलाई राष्ट्रपतिले पनि सामना गर्नुको विकल्प छैन– संसदको विदेश मामिला समितिका अध्यक्ष इलिअट एन्जेलले बताउनुभयो ।

ट्रम्पका कट्टर समर्थक भनेर चिनिएका जिम जोर्डन र मार्क मिडोज समेतका रिपब्लीकन सांसदले यमन युद्धमा अमेरिकाले सहयोग गर्नु उपयुक्त नरहेको बताउनुभएको थियो । “यमनी सर्वसाधारणका घरआँगनमा खसेका सबैजसो बममा एउटै कुरा लेखिएको पाइन्छः अमेरिकामा निर्मित” डेमोक्राट सांसद जिम म्याकगोभर्नले बताउनुभएको छ । यमनमा युद्धका कारण चरम मानवीय सङ्कट उत्पन्न भएको छ ।

यमनमा एक करोड ४० लाख मानिस भोकमरिको जोखिममा रहेका अध्ययनहरुले देखाएका छन् । विश्व स्वास्थ्य संगठनको भनाईमा करिब १० हजार सर्वसाधारणको मृत्यु जथाभावी बमबारीबाट भएको जनाएको छ । साउदी अरेबियाको समर्थनमा रहेको यमनी सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच लामो समयदेखि युद्ध जारी छ ।

मानव अधिकार समूहहरुले गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएका छन् । स्यान्डर्सले भन्नुभएको छ– यमनको अर्थतन्त्र पुनर्निर्माणमा हामीले सहयोग गर्न सकिँदैन भने उनीहरुलाई मानवीय सहायता उपलब्ध गराऔं, उनीहरुलाई बम होइन खाद्यान्न दिऔं, नत्र त्यहाँको अवस्था अरु खराब हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com