ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिक टक भिडियो बनाउँदा एक जनाको ज्यान गयो


एबीसी न्यूज
बैशाख ३, २०७६ मंगलबार  ११ : १९ बजे

काठमाडौं, ३ बैशाख । भारतको नयाँ दिल्लीमा मोबाइल एप टिक टकले गर्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो ।

आइतबार राति सलमान जकिर आफ्ना साथीहरु सोहिल र आमिरसँगै दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए । सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको प्रहरीले जानकारी दियो ।

आमिर भने क्रेटा कारको पछाडिपट्टि बसेका थिए । मध्य दिल्लीको बाह्रखम्बा सडक नजिकै रहेको रञ्जित सिंह फ्लाइओभरमा घटना घटेको हो । घटनापछि सोहिल र आमिर आत्तिँदै घाइते भएका सलमानलाई उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए, जहाँ उनीहरुले रगतले लतपतिएको कपडा बदलेका थिए । ‘त्यसपछि सलमानलाई उनका साथी र नातेदारले नजिकैको एलएनजीपी अस्पताल पुर्‍याएका थिए, तर डक्टरले उनको मृत्यु भएको घोषणा गरे,’ प्रहरीले भन्यो ।

आमिर, सोहिल र अर्को एक व्यक्तिलाई पक्राउ गरिएको र बाह्रखम्बा पुलिस स्टेशनमा हत्या र गैरकानुनी रुपमा हतियार राखेकोको मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । ‘सोहिललाई गोली हानिसकेपछि पक्राउ गरिएको थियो भने आमिरलाई गोली लुकाउने क्रममा गिरफ्तार गरिएको हो । त्यस्तै शरिफलाई रगत लागेको लुगा लुकाउने क्रममा पक्राउ गरिएको हो’, प्रहरी अधिकारीले भने ।

गोली दुर्घटनावश भएको हो कि नियतवश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com