
बुटवल, २ बैशाख ।
नबिर्से है रातो रुमाल,
कुरितीको बिरोधमा तातो रातो रगत उमाल
ख्याल गर, जनता जागे कस्को के लाग्छ र ? सरर…..
जनतालाई अन्यायका बिरुद्ध लडन सिकाउने एउटा दरिलो खम्बाको नाम हो प्रचण्ड बहादुर बुढाथोकी । नवलपरासीलाई कर्मभुमी बनाएपनि देशका पुर्बदेखि पश्चिम सम्मका शोशित पिडीत र अन्यायमा परेका जनतको सारथी बनेर गीत संकलन गर्दै हिंडने प्रचण्ड आज सधैंका लागि अस्ताएकाछन् ।
निमोनिया र कमलपित्तले ग्रसित जन गायक प्रचण्डको ८३ वर्षको उमेरमा भैरहवा स्थित भैरहवा मेडिकल कलेजमा आज निधन भएको छ । प्रचण्डले संकलन गरेका हेरक रचनाहरु आज पनि जनताका बिच लोकप्रिय मात्र होईन जिवन उपयोगि समेत छन् । कुनैबेला उनले रचना तथा संगित दिएका यो गित अहिले पनि त्यती नै लोकप्रिय र जिवन उपयोगि छ ।
आज भोली के चलन आयो, मान्छे हेर मातेर बौलायोचिसो चिसो पानी हिउंदमासमा अर्कलेर खानी, तातो चिया पानी जल्ले पनि खानी
हेर्दै आंखा तानी, अर्को झोले पानी आजभोली धेरै जसोले खानी
यती थोरै खांदा सम्म राम्रै हुन्छ कुराकानी,जव धेरै खाए पछि झगडा हुन्छ जानाजानी
तानातानी र हानाहानी, गोजीको पैसा थाहै नभई जानी, दिनेलाई भन्दा खानेलाई हानी
यो झोले पानी पिउंदाखेरी बिचार गरेर पिउनु है नानी,
ए नानी आरुले बारुले पैस सक्छ गनाउने दारुले…………
जनताको जनजिब्रोमा झुण्डीने शब्द रचनाको भण्डार जन गायक प्रचण्ड बुढाथोकीका २ श्रीमती ६ छोरी र ४ छोरा छन् । उनका गीत सुनेर कम्युनिष्ट भएकाहरु आज सत्ताका बिभिन्न ओहोदामा छन्, तर प्रचण्ड जनताकै आगनीमा बिश्राम लिए । प्रचण्डले क्रान्तीका गीत संगै प्राय सबै गीतहरु नेपाली जिवनलाई आत्मसाथ गर्दै संकलन गरेको पाईन्छ ।
लाहुरे हुन नजाउ दाई अवत, खेर गयो नेपाली रगत / माया मारिर माया मारिर दुख पाईर आयाको पहाड छाडीर…. जस्ता उनका रचना आज पनि जनजिब्रोमा झुण्डी नै रहेको छ । गायक प्रचण्डलाई रुपन्देही र नवलपरासीलाई बिगतमा कर्मभुमी बनाएका धेरै कम्युनिष्ट नेताहरुले नसम्झेपनि प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने फेसबुक मार्फत श्रद्धान्जली ब्यक्त गरेका छन् । मुख्यमन्त्री पोखेरेलले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘भावपूर्ण श्रद्धाञ्जली कमरेड प्रचण्ड बहादुर बुढाथोकी । सांस्कृतिक क्षेत्रको तपाईँको योगदान अमर हुने छ’ । हाम्रो पनि भावपूर्ण श्रद्धान्जली जनगायक प्रचण्ड बुढाथोकी प्रति ।



















प्रतिक्रिया दिनुहोस्