ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुन: वार्ता गर्न इच्छुक


admin
चैत्र ३०, २०७५ शनिबार   २ : २१   बजे

एजेन्सी,३० चैत । उत्तर कोरियाली नेता किम जोङ उन संयुक्त राज्य अमेरिकासँग आर्काे अर्थात् तेस्रो चरणको वार्ताका लागि सकारात्मक देखिएको समाचार छ ।

उत्तर कोरियाली नेता किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गर्नुभएको एक समाचारमा जनाइएको छ । उहाँले यदि अमेरिका सही रुपमा प्रस्तुत भएर वार्ताको टेबलमा बस्छ भने , आफू अर्काे चरणको वार्तामा बस्न पनि तयार रहेको बताउनुभएको हो ।

उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यसम्म पनि आफूले अमेरिकाको एक साहसहिक निर्णयको लागि पर्खिबस्ने धारणा राख्नुभएको थियो । त्यस्तो साहसिक निर्णय अर्काे बैठकबाट पनि आउन सक्ने तर्फ इंगित गर्दै उहाँले यदि अमेरिका सही मानसिकताका साथ वार्तामा बस्ने हो भने त्यसका लागि आफू तयार रहेको धारणा राख्नुभएको हो ।

उहाँहरुबीच केही महिनामात्र अघि भियतनामको हनोइमा पछिल्लो अर्थात् दोस्रो चरणको बैठक भएको थियो । तर त्यस बैठकमा भने उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कुनै निर्णय भने हुन सकेको थिएन ।

कुनै निर्णय अथवा सहमति नभएको भएता पनि वार्ता सकारात्मक भएको अमेरिका र उत्तर कोरियाले बताउँदै आएका छन् । यसैबीचमा आफू फेरि अर्काे वार्ताका लागि पनि तयार रहेको धारणा उहाँले राख्नुभएको समाचारमा जनाइएको छ । गएको फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोइमा भएको दोस्रो चरणको बैठकले वास्तवमा अमेरिका उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्न सकारात्मक छ कि छैन भन्ने विषयमा प्रश्न पनि उठेको नेता किमले बताउनुभयो । उहाँले शनिबार उत्तर कोरियाको संसदलाई सम्बोधन गर्दै भन्नुभएको थियो–हनोइ वार्तामा केही सहमति भएन तर वार्तालाई नकारात्मक भन्न मिल्दैन ।

तर पनि अमेरिका उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तारित गर्न साँच्चिकै इच्छुक छ कि छैन भन्ने बारेमा प्रश्न भने उठेको छ । संसदलाई सम्बोधन गरेको भन्दै उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारी अनुसार सो सम्बोधनका क्रममा उत्तर कोरियाली नेता कमिले उत्तर कोरिया अमेरिकी धारणा बुझ्नका लागि पनि एक पटक फेरि तेस्रो चरणको वार्तामा बस्न इच्छुक छ, यदि अमेरिका चाहन्छ भने हामी तयार छौँ ।

सोही सम्बोधनकै क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो सम्बन्ध भने बलियो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– मेरो व्यक्तिगत सम्बन्धको कुरा गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पसँग राम्रो सम्बन्ध छ, हामीले जुनबेला आवश्यक ठान्छौँ त्यतिबेला एक आपसमा चिठी लेख्न पनि सकेका छौँ, लेखेका पनि छौँ ।

उहाँहरुबीच यसअघि दुई चरणमा वार्ता भएकाो छ । पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो भने अर्काे वार्ता यसै वर्षको फेब्रुअरीमा भियतनाको राजधानी हनोइमा भएको हो ।

पहिलो चरणको वार्तामा उत्तर कोरियाली आणविक अस्त्रको होडबाजी रोक्ने र पारमाणविक उत्पादनहरुलाई रोक्ने विषयमा सहमति भएको भए पनि दोस्रो चरणको हनोइ बैठकमा भने त्यस्तो केही सहमति भएको थिएन । तर दोस्रो चरणको बैठकमा पनि फेरि अर्काे चरणको वार्ता भने गर्ने सहमति भएको बताइएको थियो । सोही बमोजिम उत्तर कोरियाली नेताले यो प्रस्ताव गर्नुभएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group