
काठमाडौं,२३ चैत । बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक यस्तो हावाहुरी ‘टोर्नाडो’ आएको पुष्टि गरेको हो ।
सुरुमा अँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास भएकाले अनुसन्धानवाट टोर्नाडो भएको पुष्टी भएको हो । टोर्नेडोले बस्ती नै क्षती गराएपछि त्यहाको वासीन्दाको विचल्ली भएको छ । टोर्नेडो पश्चात लगातार असिनापानी परेपछि बारा, पर्साका हुरीपीडित ओत लाग्ने ठाउँको खोजीमा भौतारिरहेका छन् ।



















प्रतिक्रिया दिनुहोस्