
काठमाडौं,२२ चैत । नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसंग आग्रह गर्नुभएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ गेसोले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा नेता श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउदै आएको माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वभिमानको लडाई भएकाले कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्नुभएको हो ।
सत्तारुढ दलका नेता श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, वेलायती सरकार समेत सहभागी भएर तयार पािरएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायति सरकारसंग औपचारिक कुटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाली भएकै कारण शोषित, पीडित र अन्यायमा परेका कारण नेपालका लागि गरिएको लडाई भएकाले गेसोले उठाउदै आएको विषय नेपालको स्वाभिमान र राष्ट्रिय सार्वभौमसत्ता संगको लडाई भएको टिप्पणी उहाँले गर्नुभयो ।
कार्यक्रममा गोरखा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्ण कुमार राईले नेपाली सैनिकलाई पनि बेलायति सेना सरहनै सम्मानजनक व्यवहार गर्ने गरि त्रिपक्षीय वार्ताबाट मार्च २२, २०१८ मा तयार भएको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो ।
बेलायती सेनामा कार्यरत नेपाली सैनिकहरुले वेलायति सेना सरहनै सेवा सुविधा र सम्मानजनक व्यवहार गर्न माग गर्दै आएका छन् ।



















प्रतिक्रिया दिनुहोस्