ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरी घटना : दुई हजार ४०४ घरमा क्षति पुगेको अनुमान


admin
चैत्र २१, २०७५ बिहीबार  ३ : ५४ बजे

काठमाडौं,२१ चैत । आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ ।

विभागले घाइतेको प्राथमिक उपचार स्थानीयस्तरमा र थप उपचार नजिकको विशेषज्ञ अस्पतालमा हुने प्रबन्ध मिलाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल २६, नेशनल मेडिकल कलेज ९६, कलैया अस्पताल १५, तराई अस्पताल दुई, गण्डकी अस्पताल १८ र वीरगञ्ज हेल्थ केयर युनिट १८, भवानी अस्पताल, एलएस न्युरो अस्पताल, एड्भान्स अस्पताल र काठमाडौँस्थित शिक्षण अस्पतालमा गरी १९५ को उपचार भइरहेको छ ।

शिक्षण अस्पताल ल्याइएका घाइतेमध्ये तीनजना घर फर्किसकेका अस्पतालले जनाएको छ । घाइतेको उपचारका साथमा मनोसामाजिक परामर्श सेवा जारी रहेको मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख चिकित्सक दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । हावाहुरी प्रभावित घाइतेको उपचार अनुगमन गरी बुधबार फर्किनुभएका चिकित्सक सिंहले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्थानीय तह र प्रदेशसित सहकार्य गरी काम गरिरहेको जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का प्राध्यापक चिकित्सक निलम खड्का, सुवास कर्ण र रविरामले घाइतेको उपचार भइराखेका अस्पतालको निरीक्षण गरी स्वास्थ्यकर्मीलाई आवश्यक सरसल्लाह प्रदान गरी चिकित्सकीय अडिट गरिरहनुभएको उहाँले बताउनुभयो । हावाहुरीले बढी क्षति पु¥याएका कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिका स्थानीय स्वास्थ्य प्रदायक संस्थामा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

“स्थानीयस्तरमा सहज उपचारको व्यवस्था मिलाएको छाँै”, महाशाखा प्रमुख सिंहले भन्नुभयो । हालसम्म हावाहुरीका कारण २८ को मृत्यु भएको छ । एक हजार ४४ घाइते हुन पुगेका थिए । यसैबीच, मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्दै थप समस्या आउन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । नेपालको स्वास्थ्य सेवा सुधारका लागि आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रतिनिधिसहितको सो बैठकले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्यसित सम्बन्धित क्षेत्र (पोषण, सरसफाइ, खोप, औषधि, स्वास्थ्यकर्मी) अभाव हुन नदिन मन्त्रालयमार्फत् गरेका सहयोगको विवरण प्रस्तुत गरेको थियो ।

बैठकमा संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनफपिए), सेभ दि चिल्ड्रेन, अमेरिकी विकास नियोग, बेलायत अन्तर्राष्ट्रिय विकास नियोगका प्रतिनिधिले प्रभावित क्षेत्रमा खाद्यान्न, तारपोलियन, स्वास्थ्य सेवा, सरसफाइ, पोषणमा थप सहयोग गर्ने जानकारी दिनुभएको स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सामा हावाहुरीले पारेको विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । पहिलोपल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी बारामा एक हजार ८९५ र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका सोसाइटीले जनाएको छ ।

सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले क्षतिको विस्तृत घरधुरी सर्वेक्षण कार्य शुरु भएको बताउनुभयो । रेडक्रसले हालसम्म २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको र वितरण कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

एमालेका पूर्वमन्त्री रामवीर मानन्धर र रसुवाका जनादर्न ढकाल समेत ४ दर्जन कार्यकता कांग्रेस प्रवेश

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

वर्षमानको बालेन्द्र लाई प्रश्न: “जहाँ जसले जे सुन्न चाहन्छ, त्यही बोल्दै हिँड्ने” ?

बदलिएको कांग्रेसको “भावी सभापति गगन आफैं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com