ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत अन्तरीक्षको महाशक्ति बन्ने घोषणा खतरनाक – नासा


एबीसी न्यूज
चैत्र २०, २०७५ बुधबार  ८ : १३ बजे




काठमाडौं ,२० चैत । अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् ।

भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।

जिमले भने ‘यो इन्टरनेशनल स्पेश स्टेसन नासा का लागि खतरा हो ।’ भारतले मिसाइल परीक्षण गरेको पाँच दिनपछि जिमले यस्तो बताएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब अन्तरीक्षको महाशक्ति बन्ने घोषणा गरेका थिए । मोदीले देशबासीका नाममा सम्बोधन गर्दै भनेका थिए ‘भारतले आफ्नो नाममा अन्तरिक्ष महाशक्तिका रूपमा दर्ता गराइसकेको छ, विश्वका तीन देश अमेरिका, रूस र चीनले मात्रै यो उपलब्धि प्राप्त गरेको छ । अब यो पंक्तिमा भारत पनि सहभागी भएको छ ।’

जिमले भनेका छन् ‘भारतले जुन उपग्रहको निशाना बनाएको थियो त्यो धेरै टुक्रा भएको थियो । धेरै ठूला टुक्रा छन् हामीले साना टुक्राको ुट्रयाकु गरेका हौँ ।अहिले ठूलो टुक्राको खोजि गरिरहेका छौँ । हामी १० सेन्टिमिटर अथवा त्यो भन्दा ठूला टुक्राकाबारेमा कुरा गरिरहेका छौँ । ठूला टुक्रामा ६० सेन्टिमिटरसम्मको टुक्रा भेटेका छौँ ।’

भारतले तुलनात्मक रुपमा कम उचाइको उपग्रहलाई निशाना बनाएको थियो । यो उचाइ तीनसय किलोमिटरको थियो । २००७ मा चीनले ८०० किलोमिटरभन्दा माथि आफ्नो उपग्रह नष्ट गरेको थियो । ३०० किलोमिटरको उचाइ इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)को नजिकै हो ।

नासाका प्रमुखका अनुसार अन्तरीक्षमा नष्ट भएको भारतीय उपग्रहको २४ टुक्रा आईएसएसको माथि गएको छ । यस्तो गतिविधि भविष्यमा अन्तरीक्षमा जाने यात्रीहरुको लागि प्रतिकुल हुने वैज्ञानिकहरुको दाबी छ ।

भारतको विदेश मन्त्रालयले भने कुनै अन्तरीक्ष अवेशष उत्पन्न नहोस् भन्नको लागि आफूहरुले तल्लो वायुमण्डलमा परीक्षण गरेको बताएका थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com