ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत अन्तरीक्षको महाशक्ति बन्ने घोषणा खतरनाक – नासा


एबीसी न्यूज




काठमाडौं ,२० चैत । अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् ।

भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।

जिमले भने ‘यो इन्टरनेशनल स्पेश स्टेसन नासा का लागि खतरा हो ।’ भारतले मिसाइल परीक्षण गरेको पाँच दिनपछि जिमले यस्तो बताएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अब अन्तरीक्षको महाशक्ति बन्ने घोषणा गरेका थिए । मोदीले देशबासीका नाममा सम्बोधन गर्दै भनेका थिए ‘भारतले आफ्नो नाममा अन्तरिक्ष महाशक्तिका रूपमा दर्ता गराइसकेको छ, विश्वका तीन देश अमेरिका, रूस र चीनले मात्रै यो उपलब्धि प्राप्त गरेको छ । अब यो पंक्तिमा भारत पनि सहभागी भएको छ ।’

जिमले भनेका छन् ‘भारतले जुन उपग्रहको निशाना बनाएको थियो त्यो धेरै टुक्रा भएको थियो । धेरै ठूला टुक्रा छन् हामीले साना टुक्राको ुट्रयाकु गरेका हौँ ।अहिले ठूलो टुक्राको खोजि गरिरहेका छौँ । हामी १० सेन्टिमिटर अथवा त्यो भन्दा ठूला टुक्राकाबारेमा कुरा गरिरहेका छौँ । ठूला टुक्रामा ६० सेन्टिमिटरसम्मको टुक्रा भेटेका छौँ ।’

भारतले तुलनात्मक रुपमा कम उचाइको उपग्रहलाई निशाना बनाएको थियो । यो उचाइ तीनसय किलोमिटरको थियो । २००७ मा चीनले ८०० किलोमिटरभन्दा माथि आफ्नो उपग्रह नष्ट गरेको थियो । ३०० किलोमिटरको उचाइ इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)को नजिकै हो ।

नासाका प्रमुखका अनुसार अन्तरीक्षमा नष्ट भएको भारतीय उपग्रहको २४ टुक्रा आईएसएसको माथि गएको छ । यस्तो गतिविधि भविष्यमा अन्तरीक्षमा जाने यात्रीहरुको लागि प्रतिकुल हुने वैज्ञानिकहरुको दाबी छ ।

भारतको विदेश मन्त्रालयले भने कुनै अन्तरीक्ष अवेशष उत्पन्न नहोस् भन्नको लागि आफूहरुले तल्लो वायुमण्डलमा परीक्षण गरेको बताएका थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com