काठमाडौँ, १८ चैत । आइतवार राति आएको हावाहुरीबाट प्रभावित क्षेत्रमा आज विहान पुग्दा अवस्था निकै कहाली लाग्दो अवस्था देखिएको छ

साँझ ७ बजे गएको हावाहुरीले अहिलेसम्म ३१ जनाको मृत्यु र सयौं घाइते भएका छन् । घरको छानो, पर्खाल, विद्युतको पोलमा क्षति पुर्याएको छ। अधिकाश घरका छाना उडेका छन् भने घरका भित्ता समेत भत्किएका छन् ।
बारा भरवलियाका श्रीराम साह आइतबार साँझ आफ्नै घरमा हुनुहुन्थ्यो । ७ बजेतिर एक्कासी हावाहुरी चल्यो । ‘केही सोच्न नभ्याउँदै हावाहुरीले घरको छानो भत्कायो, बल्लतल्ल भागेर ज्यान बचाएँ’ सोमबार बिहान भत्केको घर हेरिरहेका श्रीरामले भन्नुभयो ।
उहाँलाई सामान्य चोटपटक लागेको छ । ‘एक्कासि ठूलो हावा चल्यो, घरको छाना उडायो, बल्लतल्ल केटाकेटीलाई जोगाएँ, मलाई चाहिँ चोट लागेको छ’ अस्पतालमा भेटिएका खानले भन्नुभयो ।

घाइतेहरुका अनुसार बेलुकी झण्डै ७ बजे एक्कासि भुमरी चलेजसरी हावाहुरी चलेको हो । झण्डै १० मिनेट चलेको हावाहुरीले केही घर भत्किएका छन् । सडकमा बिजुलीको पोल र रुख ढलेका छन् । बारामा मात्रै २७ जनाको ज्यान गएको छ । चारसय भन्दा धेरै घाइते भएका छन् ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले बढी क्षति पुगेको छ ।
























प्रतिक्रिया दिनुहोस्