काठमाडौं,१७ चैत । काठमाडौं उपत्यकामा आइतवार साँझ ठूलो हावाहुरीसहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय वायुको प्रभावका वर्षा भएको हो। न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि मौसम प्रभावित रहँदै आएको छ।

महाशाखाले सोमबारदेखि सफा हुने जल तथा जनाएको छ। उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।
उनका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक सुधार हुने छ। प्रिमनसुनको समय भएकाले यस्ता गतिविधि दोहोरिरहने सम्भावना रहन्छ। पूर्वी क्षेत्रका केही स्थानमा बिहानदेखि नै हल्का वर्षा भइरहेको छ।
राति देशको पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पश्चिमी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मङ्गलबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सूर्योदय बिहान ५ बजेर ५६ मिनेटमा भयो । सूर्यास्त सा“झ ६ बजेर २१ मिनेटमा भयो । भोलि सूर्योदय बिहान ५ बजेर ५५ मिनेटमा र सूर्यास्त सा“झ ६ बजेर २१ मिनेटमा हुनेछ । आज राति काठमाडौंको न्यूनतम तापक्रम ११ देखि १३ डिग्री सेल्सियस र भोलि दिउ“सो काठमाडौंको अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यसैबीच, आज राति देशका अधिकांश स्थानमा बादल लाग्नुका साथै पहाडी भेगमा मेघ गर्जन सहित हल्का बर्षा हुने र उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ



















प्रतिक्रिया दिनुहोस्