ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ काँग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस


admin
आश्विन २२, २०७४ आईतबार  १२ : ३६ बजे

विराटनगर, २२ असोज ।   नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश रहेको मोरङ जिल्लाका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको शनिबार बसेको बैठकले क्षेत्र नं– १ बाट पार्टी सभापति डिगबहादुर लिम्बू र क्षेत्र नं ५ बाट अमृत अर्यालको नाममा सर्वसम्मत निर्णय गरेको छ । दुवै जना सांसद हुनुहुन्छ ।

जिल्लाका छवटै क्षेत्रबाट संसदीय क्षेत्र, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि आएका नामलाई बैठकले अनुमोदन गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी गराउनुभएको छ ।

सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि एकमात्र डिगबहादुर लिम्बू हुनुहुन्छ भने सो क्षेत्रबाट समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मीनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ । सो क्षेत्रबाट समानुपातिकसमेत गरी ३७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा मीनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ । उहाँहरु सांसद हुनुहुन्छ ।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ एकमात्र अमृत अर्याल हुनुहुन्छ भने समानुपातिकसमेत गरी ३९ जना र क्षेत्र नं ६ बाट डा शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा डीला संग्रोला र अशोक कोइरालाको नाम सिफारिस गरिएको छ । सोमध्ये डा कोइराला र अशोक कोइराला सांसद हुनुहुन्छ । उहाँहरुसमेत गरी सो क्षेत्रबाट ६९ जनाको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com